माग १६, बिरुवा,
स्याङ्जाको विरुवा गाउँपालिकाले प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ। विरुवा गाँउपालिकाको १४ औँ गाँउसभाको अवसरमा लोगो सार्वजनिक गरेको अध्यक्ष सुर्य कुँवरले जानकारी दिए ।
गाँउपालिकाकै वडा नं ५ निवासी जिवन वाग्लेले यो लोगो तयार पारेका हुन् । गाँउसभामा वाग्लेलाई नगद सहित सम्मान समेत गरिएको थियो ।
लोगोमा विरुवाको ऐतिहासिक धार्मिक, पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको छ। पालिकाको पहिचान झल्कने गरी तयार पारिएको लोगो सोमबार अध्यक्ष कुँवरले सार्वजनिक गरेका हुन् । लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम छ।
तल्लो भागमा राखिएको रिवनमा गाउँपालिकाको ठेगाना छ । ठेगानाको रिवनसँग जोडेर दुवैतर्फ धान र गहुँको बाला छ। गाउँपालिकामा पाइने सबै स्रोत प्रष्ट समेटिने गरी प्रतिनिधिमूलक ढंगबाट लोगो तयार पारिएको हो । अब यो लोगो सञ्चालनमा आउने छ ।
हरेक कार्यक्रम, ब्यानर र सबैतिर लोगो प्रयोगमा आउने गाउँपालिका अध्यक्ष कुँवरले बताए । ‘गाउँ सभाबाट पारित भएपछि औपचारीक रुपमा लोगो बनेको छ’ अध्यक्ष कुँवरले भने, ‘अर्थ दिने गरी बनाइएको लोगो प्रयोग अब सबैतिर हुन्छ । अब गाउँ सभा सदस्यहरुले पनि लोगो लगाउनेछन् । यस अघि लोगो नभएका कारण गाउँ सभा सदस्यहरु लोगोविनै सभामा सहभागी हुने गरेका थिए ।
लोगो सार्वजनिक भैसक्दा सम्म गाउँपालिकाको सब्दमा भने कसैको पनि नजर पुगेन, (बिरुवा गाउँपालिका) हुनुपर्नेमा भने विरुवा गाँउपालिका भएको सम्म मेसो पाएन । हामीले अध्यक्षलाई जानकारी गराईसकेपछी भने सुधार गर्ने बताउनुभएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-