जेठ २१, विरुवा स्याङ्जा,
हुम बहादुर गुरुङ
स्याङ्जाको बिरुवा गाउँपालिकामा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस भव्य रुपमा मनाएको छ । सम्पूर्ण उत्पिडित दलित समुदाय एक जुट होऔँ भन्ने मुल नाराका साथ संयुक्त दलित एकता संघर्ष समिति विरुवा गाउँपालिकाको आयोेजनामा मनाएको हो । कार्यक्रममा पञ्चेबाजा र विभिन्न नारहरु सहित वृहत ¥याली निकालिएको थियो । ¥याली समाज कल्याण आमा समुहको भवानबाट सुरु भई बिरुवा बजार परिक्रमा गरी पालिका कार्यलयमा अध्यक्ष सुर्य बहादुर कँुवर समक्ष ज्ञापन पत्र बुझाई सोही आमा समुह भवानको औपचारी कार्यक्रममा परिणत भएको थियो ।
प्रमुख अतिथि संविधान सभा सदस्य टेकु नेपालीको आतिथ्यतामा औपचारीक कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम विशेष अतिथि बिरुवा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुँवर, पुर्व पालिका अध्यक्ष चुन प्रसाद शर्मा रहनुभएको थियो । त्यस्तै अतिथिहरुमा वडा नं ७ र ८ का अध्यक्ष विभिन्न पार्टी कमिटीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य टेकु नेपालीले “विभिन्न संघर्ष गर्दै संविधान निर्माण भएको र कुनै विभेद सम्बन्धि भोलिका दिनमा कुनै समस्या भए नियम कानुनमा जानुपर्ने” बताउनुभएको थियो । त्यस्तै विशेष अतिथि पालिका अध्यक्ष सुर्य बहादुर कुवरले “पालिकामा हाल सम्म त्यस्तो समस्या नआएको आएको खण्डमा समस्या समाधान हुने” बताउनुभएको थियो ।
कार्यक्रममा पालिकाको ८ वाडाका सम्पूर्ण दलित समुदायहरुको उपस्थिति रहेको थियो । औपचारीका कार्यक्रमा संयुक्त दलित एकता संघर्ष समिति विरुवा गाउँपालिकाको अध्यक्ष धन प्रसाद विश्वकर्माको अध्यक्षमा कार्य पालिका सदस्य पहल सिंं बि.कले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-