२० श्रावण, पोखरा,
कास्की प्रहरीले पोखराबाट एक जना खाजा घर संचालकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नम्बर ८ सृजनाचोकस्थित रोशन खाना घरकी संचालिका ३७ वर्षीया पार्वती काराखेतीलाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त काराखेतीबिरुद्ध प्रहरीले आफ्नो खाजा घरमा तीन जना नाबालिका र एक जना महिलालाई कामदारको रुपमा राखेर यौन कार्यमा लगाएको आरोप लगाएको छ।
शुभ अवसर ग्राम नामक संस्थाको समेत सहयोगमा वडा प्रहरी कार्यालय बैदामको टोलीले २ नाबालिका र १ महिललाई उद्धार गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद प्रसाद जोशीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा नाबालिका तथा किशोरीहरुलाई कामदारको रुपमा राखी इच्छाबिपरीत यौन कार्यमा लगाएको पाइएको जोशीले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-