रिदेश सुनार
यतिबेला रुपन्देही जिल्लाको सैनामैना ६ कलौनीमा दुधराक्ष युवा क्लब द्वारा आयोजित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ढुण्डी थरुनी स्मृति कप चलिरहेको छ । जुन प्रतियोगितामा गुल्मी, रुपन्देहि, अर्घाखाँची, स्याङ्जा, बागलुङ, कास्की, नवलपरासी, नवलपुर कपिलवस्तु र पाल्पा गरि जम्मा १० टिम सहभागी रहेका छन् ।
भलिबल जगतमा एउटा इतिहास बोकेको स्याङ्जा जिल्ला भलिबल टिम पनि हो । जस्ले धेरै जिल्ला स्तरीय भलिबल प्रतियोगिताहरुमा बिजेता बन्न सफल भएका छ यद्यपि यस प्रतियोगितामा भने स्याङ्जाले सेमिफाइनलमा बागलुङ सँग ३-२ को सेटमा खेल गुमाउन पुग्यो भने तेस्रो स्थानको लागि गुल्मीसँग खेल्ने छ। यो प्रतियोगितामा स्याङ्जाको खेल हेर्ने दर्शकहरुको ध्यान खेलाडी र खेल सँगै मैदानमा बैशाखी सहित उपस्थित भएका एक व्यक्तिले पनि तानिरहेका थिए ।
तस्वीरमा देखिएका यी व्यक्ति हुन् स्याङ्जा जिल्ला भलिबल टिममा टिम व्यस्थापक तथा स्याङ्जा जिल्ला भलिबल संघका उपाध्यक्ष जनक श्रेष्ठ । उनी स्याङ्जा जिल्ला घर भइ हाल व्यवसायका लागि बुटवलमा बसोबास गर्दै आएका छन् । भुतपुर्व खेलाडी पनि रहेका उनको भलिबल प्रति आघात प्रेम पनि रहेको छ। खेलाडीलाई समस्या पर्दा होस् या टिम उपस्थित गराउन होस् उनी हरदम अगाडि हुने गर्छन् । केही समय अगाडि ब्याडमिन्टन खेल्ने क्रममा उनको लिगामेन्टमा समस्या आयो र हाल उनी खुट्टामा चोट बोकेर हिडेका छन् ।
खुट्टाको चोट सँगै बैशाखी बोकेर उनको मैदानमा उपस्तिथितीको तस्वीरले अहिले सामाजिक संजालमा चर्चा बटुलेको छ । रिदेश सुनार सँग टेलिफोन कुराकानी गर्दै श्रेष्ठ भन्छन्, ” खुट्टा अब ठिक हुने अवस्थामा छ, चिकित्साले भनेको पुर्ण समय मैले रेस्ट गरे र भर्खरै मात्र प्लास्टर खोलेर बैशाखि को साहारामा हिडडुल गरिरहेको छु । आजको खेल जित्नुपर्ने खेल थियो यद्यपि अनेपेक्षित हार बेहोर्नुपर्यो ।”
श्रेष्ठले यो प्रतियोगितामा स्याङ्जा जिल्ला भलिबल टिमको टिम व्यवस्थापन समालेका छन् । हामिसँग कुराकानी गर्दै स्याङ्जा जिल्ला भलिबल टिमका प्रशिक्षक अमृत केसिले, ” स्याङ्जा जिल्लाले जनक दाइ जस्तो टिम व्यस्थापक सायद कहिलै नपाउने बताए, साथै यो प्रतियोगितामा टिमलाइ कुनैपनी कुराको कमि हुन नदिएको जानकारी दिएका छन् ।
जनक श्रेष्ठको जिल्ला भलिबल टिम स्याङ्जा प्रतिको यो योगदान भने प्रसंसा योग्य छ।
प्रतिक्रिया लेख्नुहोस्:-