असोज २४, स्याङ्जा
स्याङजाको विरुवा गाउँपालिका वडा नं ७मा अवस्थित मनकामना मन्दिरको गजुर प्रतिस्थान गरिएको छ । गण्डकी प्रदेश आर्थिक तथा विकास समिति सभापती माननिय भोजराज आर्यलको प्रमुख आतिथ्यतामा मन्दिरको गजुर विशेष पुजा गरी प्रतिस्थापन गरिएको थियो ।
१९८५मा स्थापना भएको मन्दिर स्थानिय बासीहरुको संरक्षण र विकास क्रमसंगै हाल विरुवा गाउँपालिकाको ऐतिहाँसिक धार्मिक पर्यटकिय गन्तव्य बनेको छ । मन्दिरलाई थप व्यवस्थित गर्न समिति गठन गरी विभिन्न योजनाहरु अपनाउदै आईरहेको छ । समितिद्धारा विभिन्न योजना अपनाउदै स्थानिय र सरकारी योजना बनाई मन्दिरलाई आकर्षक र थप व्यवस्थति धार्मिक पर्यटकीय गन्तव्यको रुपमा योजनाहरु अपनाउदै आईरको छ ।
वि.सं २०७२ सालको महाभुकम्पका कारण जिण अस्थामा रहेको मन्दिर हाल पुन निर्माको क्रममा छ ।
मन्दिरलाई थप व्यवस्थित र पर्यटकिय गन्तव्य बनाउनको लागी व्यवस्थापन समितिद्धारा आउदो कात्र्तिक ९ देखी ११ गते सम्म महोत्सवको आयोजना गरिएको छ ।
गजुर प्रतिस्थापनको क्रममा विशेष अतिथि पालिका अध्यक्ष सुर्य बहादुर कुवँर, पूर्व वडा अध्यक्ष प्रेम बहादुर गुरुङ, अतिथिहरु नेपाली कंग्रेस क्षेत्र नं. १ प्रदेश (क)को सभापती धुर्व खाँण, वालिङ नगरपालिका वडा नं ४को सभापती नकमल प्रसाद गुरुङ लगायत अन्य अतिथिहरुको उपस्थितिमा मन्दिरको गजुर प्रतिस्थापन गरिएको थियो भने सोही कार्यक्रममा दिपज्योती आमा समुह लगाय स्थानिय बासीहरुद्धारा उपस्थित सम्पूर्ण अतिथिहरुलाई प्रसाद वितरण गरिएको थियो ।
गजुर प्रतिस्थापनको क्रममा खिचिएको फोटोहरु
प्रतिक्रिया लेख्नुहोस्:-