चैत्र १९, पोखरा
पोखरा महागरपालिका १५, रामबजारमा रहेको माछापुच्छ«े मार्ग ९क०मा टोल विकास संस्था र चौतारी आमा समुहको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट तुल बहादुर गुरुङको अध्यक्षतामा टोल विकास संस्थामा पछि एक थपा हुने गरी ११ सदस्य कार्यसमिति चयन भएको छ । त्यस्तै मनु थापाको अध्यक्षतामा चौतारी आमा समुहको ११ सदस्य नयाँ समिति चयन भएको छ । अधिवेशनलाई सम्पन्न गर्नको लागी निर्वाचन मण्डलमा तारनाथ गौतम ९पाखे०को संयोजकत्वमा बुद्धिमान थापा र मिना गुरुङ सदस्य रहेको थियो ।
अधिवेशनमा विभिन्न व्यक्तित्वहरुलाई समाजमा योगदान पु¥यायबाट सम्मान गरिएको थियो । त्यस्तै टोल विकास संस्थाका संस्थापक अध्यक्ष मिना गुरुङ, चौतारी आमा समुहको संस्थापक कल्पना क्षेत्री, शुशिल राज पराजुली, बल बहादुर थापा, टोप बहादुर थापा एवं सल्लाहकारहरु ७ जनालाई खादा र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै उच्च शिक्षा हाशिल गरेका ३८ जना व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा विशेष जेष्ठ नागरिकहरु ७० देखी ७९ वर्षका ३४ जना र ८० वर्ष माथीका १५ जनालाई पनि खादा र सम्मान पत्र र दोसल्लाले स–सम्मान गरिएको थियो ।
कार्यक्रममा युवा नेता, पोखरा १५का वडा अध्यक्ष तोरण बहादुर बानियाको प्रमुह आतिथ्यतामा समाजका विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा अधिवेशन संयुक्त रुपमा सम्पन्न भएको थियो । अधिवेशनमा टोल विकास संस्थाको अध्यक्ष अर्जुन कुमार वि.का. र चौतारी आमा समुहको अध्यक्ष मनु थापाको संयक्त अध्यक्षतामा कार्यक्रम सञ्चालक बासुदेव अधिकारीले गर्नुभएको जानकारी नवनिर्वाचित अध्यक्ष तुल बहादुर गुरुङले जानकारी दिनुभएको छ ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-