हुम बहादुर च्हाक्ली तमु
पाैषा १८, स्याङ्जा ।
श्री शिव जन जागृती युवा क्लब वालिङ नगरपालिका-३, स्याङ्जामा आयाेजित पुरुषा भलिबल प्रतियाेगिता २०८० सम्पन्न भएकाे छ । क्लबकाे २६अाै बार्षिकाेत्सबकाे अवसरमा साबिक वडास्तरिय साे प्रतियोगिता आयाेजना गरिएकाे हाे । प्रतियाेगिताकाे अन्तिम दिन पहिलो खेल सनराईज युथ क्लब छापा बिरुद्ध जलदेबी युवा क्लब बिचकाे खेलमा बिजेता छापा भएकाे थियाे । दोस्रो क्वाटरफाइनल खेलमा सिर्जना माछापुच्छ्रे युवा क्लब कुसुङ्भन्ज्यङ बिरुद्ध राईजिङ स्टर युवा क्लब मल्याङकोट बिचकाे खेलमा बिजेता मल्यङकोट भएकाे थियाे ।
त्यस्तै तेस्रो क्वाटरफाइनलमा सनराईज युथ क्लब बिरुद्ध फुलबारी जनहित युवा क्लब सिर्सिकोट बिच भएकाे खेलमा बिजेता सिर्सिकोट भएकाे थियाे । त्यस्तै पहिलाे सेमिफाइनल खेलमा अयोजक A बिरुद्ध अयोजक B बिच भएकाे खेलमा बिजेता अयोजक A भई फाईनलमा प्रवेश गरेकाे थियाे ।
दोस्रो सेमिफाइनल खेल फुलबारी जनहित युवा क्लब बिरुद्ध राईजिङ स्टार युवा क्लब मल्याङ्कोट बिचकाे खेलमा मल्याङकाेट बिजय हुदै फाईनलमा प्रवेश गरेकाे थियाे ।
फाईनल खेलमा शिव जनजगृति युवा क्लब मझकोट बिरुद्ध राईजिङ स्टार युवा क्लब मल्याङ्कोट बिचकाे खेलमा ३:२ को सेटमा बिजय हुदै मल्याङ्कोटले प्रथम हुन सफल भएकाे थियाे । दित्तिया स्थानमा भने शिव जनजगृति युवा क्लब मझकोट चित्त बुझाउन बध्य भएकाे छ । त्यस्तै तृतीय स्थान भने फुलबारी जनहित युवा क्लब सिर्सिकोट भएकाे थियाे ।
प्रतियाेगितामा प्रथमले ६६ हजार ६ सय ६६, द्दित्तियले ४४ हजार ४ सय ४४, तृतीयस्थान प्राप्त टिमले २२ हजार २ सय २२ रुपैया नगद पुरस्कार प्दान गरिएकाे थियाे । प्रतियाेगितामा
उत्कृष्ट खेलाडी आशिष शिवकोटी मल्याङ्कोट, उत्कृष्ट स्पाईकर डिल प्रसाद गुरुङ माझकोट, उत्कृष्ट सेटर अर्जु परियार मल्याङ्कोट, उत्कृष्ट डिफेन्डर इस्वार गुरुङ सिर्सिकोट र उदयमान खेलाडी हिक्मत गुरुङ सिर्सिकोट, उत्कृष्ट ब्लकर बिकास गुरुङ माझकोट, उत्कृष्ट सर्भर चुलभ श्रेष्ठलाई प्रदान गरेकाे जानकारी रेफ्रि समंयाेजक युवराज गुरुङले दिनुभयाे । त्यस्तै प्रतियाेगिता सम्पन्न गर्नका लगी आर्थिक, भाैतिक, नैतिक रुमा आ-आफ्नाे ठाउबाट खट्नुहुने सम्पुर्णलाई क्लब अध्यक्ष दिपक गुरुङले समापन समाराेहमा धन्यवाद व्यक्त गर्दै आगमी दिनहरुमा पनि यस्तै सहयाेग गरिदिन अनुराेध गर्नुभएकाे थियाे ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-