रिदेश सुनार
कास्की जिल्लाको मादी गाउपालिका वडा नं ५ स्थित मादिवेशी मगरगाउमा खुल्ला जुनियर पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
मादी मनकामना युवा क्लबको २८औं स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजनामा हुने उक्त मेलामा जुनियर खुल्ला पुरुष भलिबल प्रतियोगिता, म्युजिकल चियर प्रतियोगिता, तथा विविध सास्कृतिक कार्यक्रम हुने मादी मनकामना युवा क्लबका सचिब किरण रानाले बिरुवा खबरलाइ जानकारी दिएका छन् ।
अघिल्लो बर्षमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको क्लबले यस बर्ष भने खुल्ला जुनियर भलिबल प्रतियोगिता आयोजना गरेको हो । चैत १० देखि सुरु हुने भलिबल प्रतियोगितामा प्रथम हुनेले ४० हजार र दोस्रो हुनेले २५ हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलमा सहभागी हुन चैत ९ गते साँझ ५ बजेसम्म टिम दर्ता गराइसक्नुपर्नेछ भने टिम दर्ताको ४००० रुपैया लाग्नेछ। प्रतियोगितामा सहभागी टिममा एक जना जिल्ला स्तरको खेल खेलेको खेलाडी समाबेस हुन पाउनेछ भने प्रदेशबाट खेलेका खेलाडीले भने प्रतियोगितामा सहभागी हुन नपाउने खेल संयोजक तथा क्लबका अध्यक्ष बिबेक रानाले जानकारी दिएका छन् ।
प्रतियोगिता को प्रत्यक्ष प्रसारण आरम्भ अनलाइन टिभीले गर्नेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-