कास्की, २२ माघ
पोखरामा ८ औं संस्करण मिस तामाङ पोखरा २०२४ को उपाधि रोशिला ब्लोन तामाङले हात पार्न सफल भएको छ ।
मञ्जुश्री संवत २८६० औं सोनाम ल्होछार डुक ल्हो को अवसरमा हरेक वर्ष मिस तामाङको आयोजना गर्दै आईरहेको छ । मिस तामाङको परिकल्पनाकार ज्याक तामाङको अध्यक्षता रहेको बैदाम तामाङ सेवा समाजको आयोजनामा शनिबार भएको मिस तामाङको grand final मा ९ प्रतिस्पर्धाीलाई पछि पार्दै मिस रोशिलाले यस बर्षको उपाधि हात पार्नुभएको हो। मिस तामाङ पोखरा २०२४ की बिजेता रोशिलाले १ लाख नगद सहित ताज, ट्रफी, प्रमाणपत्र तथा अन्य थप आकर्षक पुुरस्कार प्राप्त गर्नुभएको छ।
![](https://biruwakhabar.com/wp-content/uploads/2024/02/IMG_0841-200x300.jpg)
त्यस्तै मिस तामाङ पोखरा २०२४ को फस्ट रनर अप मोनिका पाख्रिन तामाङ हुनुभएको छ । उनले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । सेकेण्ड रनर अप बर्षा गोले तामाङले हात पर्नुभएको छ। उनले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्न सफल हुनुभएको हो। भने सो प्रतिस्पर्धामा भिवर्स च्वाइसका रुपमा अर्पना डुम्जन तामाङले नगद २० हजार सहित ताज, ट्रफी प्रमाण पत्र सहितको पुरस्कारहात पार्नुभएको छ।
तामाङ समुदायको भाषा, संस्कार, संस्कृति,सभ्यता तथा रहनसहन साथै व्यक्तित्व विकास, नेतृत्व विकास, बोल्ने कला, करियर सम्बन्धी तालिम, साइबर सेक्युरिटी, आत्मविश्वास, सौन्दर्यकला जस्तै बिभीन्न खुड्किलो पार गर्दै ४५ दिने लामो तालिम पश्चात् सक्षम मिस तामाङ छनोट भएको थियो ।
![](https://biruwakhabar.com/wp-content/uploads/2024/02/IMG_0837-300x200.jpg)
![](https://biruwakhabar.com/wp-content/uploads/2024/02/IMG_0881-300x200.jpg)
![](https://biruwakhabar.com/wp-content/uploads/2024/02/IMG_0892-300x200.jpg)
![](https://biruwakhabar.com/wp-content/uploads/2024/02/IMG_0805-300x200.jpg)
![](https://biruwakhabar.com/wp-content/uploads/2024/02/IMG_0805-1-300x200.jpg)
प्रतिक्रिया लेख्नुहोस्:-