फागुन २६, स्याङ्जा, विरुवा
हुम बहादुर गुरुङ
स्याङ्जा, विरुवा गाउँपालिकाको सातौ अध्यक्ष कप २०८० भोलिबाट सुरु हुदैछ । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नारालाई आत्मसाथ गर्दै विरुवा गाउँपालिका अन्तर्गतका वडा स्तरिय खेलकुद प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता फागुन २७ देखी २९ गते सम्म वडा नं. ८को पुष्पमदन खेलमैदान, मेथाभुरुङमा सञ्चालन हुनेछ ।
गत सालको प्रतियोगिताहरुमा महिला र पुरुष भलिबल मात्र हुदैै आयकोमा यस पटक भने ३ खेल समावेस गरिएको छ । जसमा महिला र पुरुषकको भलिबल, व्याडमिन्टन र सटफुट प्रतियोगिताहरु रहेको छन् । प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम, द्धितीय र तृतिय क्रमश ७५ हजार, ५० हजार र २५ हजार र शिल्डहरु प्राप्त गर्नेछन् भने महिला तर्फ प्रथम, द्धित्तिय र तृतियले क्रमश ५० हजार, ३०हजार र २० हजार र शिल्हहरु प्राप्त गर्नेछन् ।
व्याडमिन्टमा पुरुष तर्फ प्रथम, द्धित्तिय, तृतीयले क्रमश ८ हजार, ५ हजार र ३ हजार र शिल्हरु प्राप्त गर्नेछ भने महिला तर्फ प्रथम, द्धित्तिय र तृतीय हुनेले क्रमश ६ हजार, ४ हजार र २ हजार शिल्डहरु प्राप्त गर्नेछन् ।
पुरुष सटफुटमा भने प्रथम द्धित्तिय र तृतीय हुनेले क्रमश ५ हजार, ३ हजार र २ हजार प्रप्त गर्नेछन् । भोलि देखी सञ्चालन हुने ७औं अध्यक्ष कपको सम्पूर्ण तयारी पुरा भएको जानकारी स्थानीय खेलकुद विकास समिति विरुवा गाउँपालिका अध्यक्ष गणेश गुरुङले जानकारी गराउनुभएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-