फाल्गुन १५, पोखरा
वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्किको साधारणसभा तथा अधिबेसन पोखरामा भब्यतापुर्बक सम्पन्न भएको छ। आइतबार बिहान उद्घाटन गरेर बेलुका अबेर रातीसम्म निर्बाचन मार्फत कार्यसमितिको चयन गरेको हो। अधिबेसनको उद्घाटन समारोहमा गन्डकी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री पन्चराम गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको थियो भने सभापतिमा संघकै निबर्तमान अध्यक्ष सोभित बिक र सन्चालन सचिब शा मोहम्मदले गरेका थिए । करिब 60 भन्दा बढी वैदेशिक रोजगार ब्यबसायी र कर्मचारी गरेर सयौंको उपस्थितमा रहेको सो कार्यक्रममा प्रमुख अतिथी मन्त्रीले आफू पनि बिदेशको भुमिमा पसिना बेचेर आएको भन्दै आफुलाइ पनि श्रम र वैदेशिक रोजगारीको बाध्यता पीडा र सङ्ग सङ्गै यसले राज्यलाई दिएको योगदानको समेत खुलेर प्रसम्सा गरे। अधिबेशनमा समितिका पुर्ब सचिब जगत मोहन गिरि,मेडिकल ब्याबसायी प्रबेस चन्द्र उप्रेती लगायत अन्य ब्याबसायिले वैदेशिक रोजगारले गरिबको घरको टिन फेर्ने देखि राज्यको महत्त्वपूर्ण स्रोत रेमिटेन्स मार्फत देशको प्रमुख अर्थतन्त्रको मेरुदण्डको रुपमा रहदा रहदै पनि बजारमा भएका बिना दर्ताका अफिस , एजेन्ट लगायतले अबैधानिक ढंगले बिदेश पुर्याउने र दुख दिने मानव तस्करलाई जस्तो दृस्ठिकोण गरि एउटै घानमा हेर्ने परिपाटीले गर्दा ब्याबसायलाइ असहज र अपमानित भएको पीडा समेत सुनाए। दिनभरि चलेको अधिबेसनमा नयाँ कार्यसमिति सर्बसम्मत हुन नसकेपछि निर्बाचन मार्फत अध्यक्षमा सुजन श्रेष्ठ , बरिस्ठ उपाध्यक्षमा घनश्याम गौतम , उपाध्यक्ष अर्जुन थापा, महासचिव बिक्रम पोख्रेल , सचिब धिराज श्रेष्ठ , कोसाध्यक्ष सागिर अलि , सहकोसाध्यक्ष निरज खनाल लगायत 15 सदस्यीय कार्यसमिति बनेको हो।
प्रतिक्रिया लेख्नुहोस्:-