हुम बहादुर गुरुङ
भाद्र १८, पोखरा, मृगौला रोगबाट ग्रसित शान्ति गुरुङ बचाउ अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको छ । अभियानको संयोजक थमन गुरुङ र सदस्य हुम बहादुर गुरुङले पोखरा–१४, भोटेचौतरा स्थित आफ्नै निवासमा रकम हस्तान्तर गरेको हो ।
२०७८ फागुन २५ गते बाट शान्ति गुरुङ बचाउ अभियान सञ्चाल गरेको थियो । उक्त अभियानले पोखरा नागढुङ्गा स्थित मुक्तिनाथ विकास बैंकमा थमन गुरुङ, हुम बहादुर गुरुङ र घर परिवारको सदस्य छोरा प्रकाश गुरुङको नाममा संयुक्त खाता खोली सहयोग रकम संकलन गरेको थियो । खातामा १ लाख ७ हजार ४ सय ४३ रुपैयाँ रकम जम्मा भएको थियो । उक्त संकलित रकम झिकी संयोजक थमन गुरुङ र हुम बहादुर गुरुङले निवासमा पिडित शान्ति गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गरेको हो । सहयोग रकम हस्तान्तरण संगै सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी महानुभावहरुलाई शान्ति गुरुङ र घरपरिवारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको छ ।
२०७४ साल देखी मृगौलामा समस्या देखिएका शान्ति गुरुङले विभिन्न अस्पतालमा उपचार गराउदै आईरहनु भएको थियो । विगत ३ वर्ष देखी भने गण्डकी अस्पतालमा हप्तामा २ पटक मंगलबार र शुक्रबार डाईलसिस गर्दै आईरहनु भएको छ । आर्थिक अवस्था कम्जोर भएकोले उपचारमा समस्या भएसंगै अभियान सञ्चालन गरिएको हो ।
थप उपचारको लागी विभिन्न प्रक्रियाहरु अपनाईरहनु भएको छ । मृगौला फेर्ने प्रक्रियाहरु पनि चलिरहेका छ उक्त प्रक्रिया सफल बनाउनको लागी आर्थिक स्रोतहरु पनि खोजिरहनु भएको छ । यदि तपाईहरु जो कोही पनि उहाँको उपचारको लागी सहयोग गर्न सक्नुहुनेछ । सहयोगको लागी मुक्तिनाथ विकास बैक: Tham Hum Prakash नामको बैक खाता नं. १३८२२३००८४१६८७०००००१ मा
सहयोग गर्न सक्नुहुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-