असोज १७, स्याङ्जा |
स्याङ्जाको विरुवा गाउँपालिका १, विरुवामा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । पालिका उपाध्यक्ष भगवती शर्माको प्रमुख आतिथ्यतामा साधारण सभा नवज्योति मा.वि.को परिसरमा पानसमा दियो बाली शुभारम्भ गरिएको थियो । सभामा सञ्चालक समितिका अध्यक्ष ओमनाथ शर्माद्धारा संस्थाको बार्षिक प्रतिवेदन, ब्यबस्थापकको प्रतिवेदन, आ.ब. २०८१र०८२ को नीति, कार्यक्रम तथा बजेट , ऋण उपसमितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत र पारित गरिएको थियो ।
सभामा एस.ई.ई.मा उत्कृष्ट ३.८१ जिपिए ल्याई उत्तीर्ण हुन सफल पुष्पा आर्यल र स्वेता खड्कालाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट सेवाग्राही पहल सिं थापा र गंगा गुरुङ, उत्कृष्ट बालबचत तर्फ विप्सन वाग्ले र युवांश वाग्ले, नियमित बचत तर्फ अनिस खत्री र हरिकला पौडेललाई सम्मान गरिएको थियो । उत्कृष्ट सञ्चालकमा ऋण उप समिति संयोजक समेत रहनुभएका तिल बहादुर खड्कालाई सम्मान गरिएको थियो ।
१७ सय ९३ जना सदस्य रहेको सहकारीको १४औं साधारण सभामा विशिष्ट अतिथि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश, पोखराका शाखा अधिकृत चोलाकान्त वाग्लेले सहकारी संस्थाका सदस्यहरुलाई प्रशिक्षण गराउनुभएको थियो । त्यस्तै कार्यक्रममा अतिथिहरुद्धारा संस्थाका सदस्य, सञ्चालक तथा कर्मचारीहरुको निरन्तर मेहनतले संस्था सफल रहेकोमा जोड दिनुका साथै आउदै गरेको दशैको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वडा नं. १ अध्यक्ष राजेन्द्र के।सी, वडा नं। ५ का अध्यक्ष ङन बहादुर थापा, कार्यपालिका सदस्य पालसिह बि।क।, विरुवा कृषि सहकारी संस्थाका व्यवस्थापक ध्रुव के।सी।, उद्यमशिल सहकरी संस्था लि। अध्यक्ष जगत के.सी, व्यवस्थापक आकृति श्रेष्ठ, बिरुवा गाउँपालिका १ न वडाका निवर्तमान अध्यक्ष युवराज के.सी. लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन संस्था सञ्चालक समिति सचिव बम बहादुर राना, स्वागत उपाध्यक्ष हिमालजङ के।सी। र कार्यक्रमको व्यवस्थापन संस्थाका ब्यबस्थापक शिव वाग्लेले गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-