विरुवा, स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । फागुन १५ गते मङ्गलबार ४२औं राष्ट्रि मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।
पालिका प्रमुख प्रशासकीय अधिकृत आचार्यद्वारा जारी विज्ञप्तिमा पालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था बन्द रहने उल्लेख छ ।
मगर समुदायको सम्मानका लागि यसअघि पनि बिदा दिइँदै आएको थियो । यस अवसरमा स्याङ्जाको वालिङ नगरपालिका र हरिनास गाउँपालिकाले पनि मगर दिवसमा सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-