बैशाख ७, स्याङ्जा बिरुवा
स्याङ्जाकाे बिरुवा गाउँपालिका -७, गहते मनकामनामा 3 Men A Side पुरुस भलिबल प्रतियाेगिता सुरु भएकाे छ । चैतेदशैकाे अवसर पारी मनकामना मन्दिर व्यवस्थापन समिताकाे आयाेजनामा प्रतियाेगिता सञ्चालन गरिएकाे हाे ।
प्रतियोगिताकाे समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडा नं ७का अध्यक्ष मेखराज गुरुङले गर्नुभएकाे थियाे । गुरुङले प्रदेशीक भलिबल रेफ्री रमेश र कुमार गुरुङलाई बल हस्तान्तरण गरि प्रतियोगिताकाे उद्घाटन गरिएकाे थियाे ।
चैते दशैकाे पुर्णिामामा मनकामना मन्दिरमा भाकल गर्ने र श्रद्धालु भक्तजनहरुकाे अत्याधिक भिड लाग्ने गर्दछ । साेही अवसरमा मन्दिर व्यवस्थापन समितिले यसपटकबाट भने व्यवस्थित तवरले मेलाकाे रुपमा सञ्चालन गर्दै लैजानेछ । २०७२ सालकाे भुकम्पले जिर्ण अवस्थाकाे मन्दिरलाई संरक्षण गर्दै पुन निर्माणकार्य भैरहेको छ । साेही निर्माणकार्यमा थप सहयाेग र प्रचार प्रसारकाे लागि यश वर्षबाट चैतेदशैमा पनि मेला आयाेजना गरिएकाे हाे ।
प्रतियोगितामा भलिबल तर्फ बिजेता टिमले क्रमश प्रथम रु ३० हजार, द्वितीय रु २० हजार र तृतीय रु १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने बिधगत रुपमा पनि पुरस्कारहरु पनि प्राप्त गर्नेछन् ।
मेलामा छेल्लाे फाल्ने, डाेरी तान्ने प्रतियाेगिता पनि समावेश गरिएकाे छ भने मेला बैशाख ९ देखि ११ गते चैतेदशै पुर्णिामा सम्म सञ्चालन हुनेछ भने कार्यक्रमकाे अन्तिम दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुकाे बिशेष संस्कृतिक प्रस्तुती रहनेछ ।
समुद्घाटन कार्यक्रममा वेद बहादुर गुरुङको अध्यक्षतामा अतिथिहरु गिर बहादुर थापा, लिल कुमारी गुरुङ, कमला नेपाली, टाेल संयाेजक यिल बहादुर गुरुङ, वडा नं ७ खेलकुद समिति उपाध्यक्ष भक्तराज गुरुङ संगै रवि सेन्चुरी लगायतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम रिम गुरुङले सञ्चालन गर्नुभएकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस्:-