भाद्र १९, स्याङ्जा विरुवा
स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्वर २मा स्मारिका तथा वंशावली सङ्ग्रहको पुस्तक विमोचन गरिएको छ । वडामा बसोबास गर्ने विभिन्न थरको वंशावली सङ्ग्रह तथा वडा स्मारिका पुस्तक बुधबार प्रमुख अतिथि संघीय सांसद राजु थापाको प्रमुख आतिथ्यतामा विमोचन गराएको हो ।
सांसद थापाले पुस्तक विमोचन गर्दैे बिरुवा गाउँपालिकाको २ नम्वर वडाले वडाबासीको वंशावली सङ्ग्रह पुस्तक प्रकाशन गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो ।
बिरुवा गाउँपालिकाको २ नम्वर वडाले एक उदाहरणीय काम गरेको उहाँको उल्लेख गर्नुभयो । अरु वडाले पनि यसैगरी अभिलेख राख्न आवश्यक रहेको उहाँले औंल्याउनुभयो । जुन पुस्तकमा पञ्चायतकाल देखिका अग्रज नेतृत्वका कुराहरुलाई समेटिएको छ । राष्ट्रले समग्र देशको अभिलेख राखेको हुन्छ भने यसरी वडामा रहेका विभिन्न जातीय इतिहाससहितको अभिलेखसहितको वंशावली तयार पार्नु भनेको एक सराहनी कार्य हो । भोलिका पुस्ताले यो सराहनीय कामको लागि धन्यवाद दिनेछन् ।
यो वंशावली पुस्तक वडाबासीको लागि निःशुल्क प्रदान गरिने वडा अध्यक्ष नोमबहादुर गुरुङले जानकारी गराउनुभयो । वंशावली निर्माणका लागि २ लाख बजेट विनियोजन गरेर तयार पारेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “५ सय प्रति छापिएको छ, वडाबासीका लागि निःशुल्क उपलव्ध गराउने छौं ।” यो वंशावली पुस्तकले देश तथा विदेशका बिभिन्न ठाउँमा गएकाहरुका लागि पनि आफ्नो कूल वंशको जानकारीका साथै नागरिकता लगायतका काम गर्नका लागि पनि सहयोगी बन्ने विश्वास छ । यो अभिलेख तयार पार्न ६ महिना लागेको र यसका लागि वडाबासीहरुले आ—आफ्नो वंशावलीको जानकारी दिएर सहयोग गर्नेहरु धन्यवादको पात्र रहेको अध्यक्ष गुरुङले व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्मारिका विमोचन भनेतापनी स्मारीकाम हुनुपर्ने समग्र वडामा भएको तथ्यपूर्ण तथ्यंङ्क, अभिलेख, जनसंख्या, लेख, रचनाहरु वडा संग सम्बन्धित अध्यान गर्न मिल्ने कनै तथ्यहरु उक्त स्मारिका पुस्तकमा समावेश गरिएको छैन ।
कार्यक्रममा वडाले तीज विशेष अन्तर्गत महिलाहरुलाई सामुहिक दर खाने र नाचगानसहित रमाइलो गरिएको थियो । उक्त र्काक्रममा विशेष अतिथि पालिका उपाध्यक्ष भगवती शर्मा, पूर्व वन मान्त्री दिपक चर्ती मगर लगायतका अन्य अतिथिहरुको उपस्थित रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-