हुम बहादुर गुरुङ,
पौष २५, पोखरा,
११औं संस्करण पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा छ । विगत १३ वर्षदेखी अमरसिंह मा.बिको बिशाल खेलमैदानमा आगमी पुष २७ देखी माघ ९ गतेसम्म सञ्चालन हुदैछ । युनाईटेड क्लब युवाको जांगर राष्ट्रिय निर्माणको आधार भन्ने मुल नाराका साथ ०६७ देखी शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रबद्र्धनका लागी पोखरा महोत्सवको आयोजना गरी ११औं संस्करण सम्म आईपुगेको हो ।
क्लबले महोत्सवकै आम्दानीबाट शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रबद्र्धनमा खर्च गर्दै आइरहेको छ ।
महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका बालबालिका र सुरक्षाकर्मी (पोषक सहित)हरुलाई निशल्क प्रवेश गराईनेछ । १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरु बुकिङ भईसकेको छ । महोत्सवमा २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेष्भुषाको संरक्षण, शिक्षा, स्वगास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याृने, विकासित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष जानकारी गराउने गण्डकी प्रदेशमा रहेको पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रको विकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।
महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेट्टर होम एपलाएन्से, प्रायोजकहरुमा रारा तयारी चाउचाउ लगायतका विभिन्न कम्पनि तथा संस्थाहरु रहेको छ । त्यसै अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैं, अफिसियल पानीमा एक्वा रिउस पानी, अफिसियल इन्टरनेटमा वल्र्डलिंक कम्युनिकेशन प्रा.लि, अफिसियल इन्स्योरेन्समा सगरमाथा इन्स्योरेन्स र प्रबद्र्धकमा नेपाल टुरिजम वजोर्ड तथा विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका, अमरसिंह मा.वि रहेको छ भने मिडिया पार्टनरहरुमा एवीसि न्यूज टेलिभिजन, फेवा टेलिभिजन, समाधान राष्ट्रिय दैनिक र एभरेष्ट एफएम ९३ मेघाहर्ज रहेका छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रशर्दनी औद्योगिक उत्पादनको प्रदर्शनी एवं विक्री, हस्तकला सामानहरुको प्रशर्दनी एवं विक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवशायीक संघसंस्थाको सेवाहरुको बारेमा जानकारी एवं नेपाली संस्कृतिक झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछ ।
त्यस्तै महोत्सवको आकषर््ाणमा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती रहनेछ भने कन्सर्ट तर्फ मन्त्र, लाहुरे, सविन राई, एण्ड द फेरोह, छेवाङ लामा, भिटेन, मेलिना राई, दिक्षिता कार्की, झिल्के एण्ड द कम्पनी, अनुप्रस्था, अभय एण्ड द स्टीम इन्जीन्स, एएसएम र लोकल व्याण्डहरुको प्रस्तुती रहने छ । त्यस्तै गरी हास्य व्यङ्य प्रस्तुती, नेपाली संस्केति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नत्य प्रतियोगिता, झाँकी प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछ । महोत्सवलाई थप आकर्षणमा घोडा सवार, चिडियाखाना, अवलोकनको लागी सवारीको व्यवस्था, भिआर नाईन डी, टिकटक प्रतियोगिता र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुने जानकारी प्रचार प्रसार संयोजक दिनेश सनारले जानकारी दिएको थियो ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-