फागुन १८, स्याङ्जा
१६औ बिरुवा मेला तथा स्व. महेश खड्का स्मृति कपको सम्पूर्ण तयारी पुरा भएको छ । बाल कन्य युवा क्लब र समाज कल्यण आमा समुहद्धारा संयुक्त रुपमा १६औं विरुवा मेला अयोजना गरिएको हो । क्लबले स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद भन्ने मुल नाराका साथ क्लब स्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिता (स्मृति कप) आयोजना गरिएको हो । भलिबल प्रतियोगिता फागुन १८ देखी २४ गते सम्म चल्नेछ । उक्त प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतिय र सन्त्वना क्रमश, १ लाख, ६० हजार, २५ हजार र १० हजारको साथमा मेडल ट्रफी र प्रमाण–पत्र रहेको छ ।
खेलाडीको सम्मान हुनुपर्दछ तव मात्र खेलाडी थप खेल्न प्रेणित हुनेछ । स्व महेश खड्का भलिबल खेलबाट आफु, बाल कन्य युवा क्लब र समग्र विरुवा, स्याङ्जाकै नाम उच राख्न सफल भएको थियो । स्व.खड्का आज पनि भलिबल जगतले खोजिरहेको छ । जसकारण बाल कन्य युवा क्लबले १६औ बरुवा मेलामा स्व. महेश खड्का स्मृति कप भलिबल आयोजना गरिएको हो ।
बिगत लामो समयदेखी उक्त क्षेत्रमा महोत्सव हुदै आईरहकोमा यस वर्ष पनि बाल कन्य युवा क्लबले निरन्तरता दिएको छ । तर बढ्दो शहरीकरण संगै गाउँघरमा जनघनत्व कम तथा महोत्सवमा दर्शक स्थानिय स्तरमा उत्पादित कृषि बजारकोे कमी तथा विविध कारणले यस वर्ष भने महोत्सवलाई मेलामा परिणत गराएको छ ।
मेला फागु पूर्णिमाको अवसरमा बालादेवी मन्दिरमा पुजाआराधाना गरी सञ्चालन हुनेमा यस बर्ष भने पुजा सुरु हुनु अगाडिबाट नै खेलकुद प्रतियोगिताको आयोजना गरिएको हो । विविध साँस्कृतिक कार्यक्रमहरु सञ्चालको लागी समय अनुकुल नहुदा भलिबल प्रतियोगिता फागुपूर्णिमा अगाबै सञ्चालन गरिएको हो । विविध साँस्कृतिक कार्यक्रहरु २४ र २५ गते भव्य रुपमा सञ्चालन हुने जानकारी मेला संयोजक अब्बु मियाले जानकारी दिएको
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-