श्रवण २९, पोखरा
पोखरा–१५, रामबजारमा अवस्थित आँधिखोला तमु समाजले ३२ओैं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । प्रमुख अतिथि समाजसेवी बयवृद्ध डिम बहादुर गुरुङको प्रमुख अतिथिथ्यतामा आफ्नै समाजघरमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा तमु समुदायको पर्व ट्होंटेको अवसरमा विधिवत रुपमा पुजा गरी औपचारीक कार्यक्रम प्रमुख अतिथिद्धारा सुचारु थियो ।
पोख्रेली तमु समुदायहरुले विगतका वर्षहरुमा विभिन्न झाकी सहित ¥याली गर्दै भव्य रुपमा मनाउदै आएको ट्होंटेमा यस वर्ष भने छुट्टाछुट्ट मनाएन । यस वर्षदेखी आफ्नै क्षेत्रमा मनाउने निर्णय भएसंगै पोखराभरी रहेका तमुहरु आ–आफ्नै क्षेत्रको टोल समाजघरमा विधिवत रुपमा मनाएको हो ।
ट्हों को अर्थ थाक थलो बसोवास गर्ने ठाउँ क्षेत्रलाई बुझिन्छ भने टे (त्हे) को अर्थ विधि हो । जसको अर्थ आफ्नो क्षेत्रको सिमि भुमीलामा कुनै प्रकोप, नकरात्मक क्रियाहरु नहोस भनि विधिवत रुपमा पुजालाई बुझिन्छ । यो प्रचलन परापुर्व देखी चलिआएको प्रक्रिया संस्कार, संस्कृती हो यसलाई संरक्षण गर्नु हामी सवैको दायीत्व हो ।
कार्यक्रममा विशेष अतिथि वडा नं १५का अध्यक्ष तोरण बहादुर बानीयाले ट्होटे पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
बार्षिक साधारण सभा कार्यक्रममा सचिव हिलाल गुरुङ, कोषाध्यक्ष हुम बहादुर गुरुङ तथा अध्यक्ष नल बहादुर गुरुङले विगतको गतिविधि, भावी योजनाहरुको प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदनलाई उपस्थित सम्पूर्ण सदस्यहरु द्धारा अनुमोदन समेत गरिएको थियो ।
सभामा विशिष्ट अतिथि तोरण बहादुर बानिय पोखरा–१५, पूर्व अध्यक्ष तथा सल्लाहकार रुक बहादुर गुरुङ, मन बहादुर गुरुङ, पूर्व सचिव घनश्याम गुरुङ, पूर्व कोषाध्यक्ष सु.मे.उमान सि गुरुङ लगायतका विभिन्न पदमा आसिन अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो भने कार्यक्रम सञ्चालन सकाजको सचिव हरिलाल गुरुङले गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-