हुम बहादुर गुरुङ
जेठ ७ , पोखरा | सामाजिक सञ्जाल अनलाईबाट सुरु गरिएको व्यवसाय अव तपाई हाम्रै सुन्दर नगरी पोखरा–१० नयाँबजारमा आरम्भ स्पोर्ट हाउस सञ्चालनमा आएको छ । अवको समयमा शिक्षित युवाहरु स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ जुझारु, लगनसिल युवा रिदेस सुनारले उक्त व्यवसाय सञ्चालनमा ल्याएको हो ।
शुभारम्भ कार्यक्रममा प्रमुख अतिति नेपाल भलिबल संघ केन्द्रिय सल्लाहकार, पोखरा महानगरपालिका वरिष्ठा कानिनुनि अधिकृत नारायण शर्मा, जिल्ला खेल्कुद विकास समिति कास्कीको कार्यालय प्रमुख, टाईगर ग्रुप अफ नेपालको सचिव डिभि नेपाली गण्डकी प्रदेश भलिबल प्रशिक्षक रमेश के.सी. लगायता विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा प्रमुख अतिथिद्धारा रिवन काटेर स्पोर्ट हाउसको समुद्घाटन गरिएको थियो ।
आरम्भ अनलाई युटुवबाट सुरु गरेको व्यवसाय आरम्भ फोटो स्टुडियो हुदै आरम्भ स्पोर्ट्स हाउस सम्म आईपुगेको छ । खेल क्षेत्र विशेष गरी भलिबल क्षेत्रमा उल्लेखनिय योगदान पु¥याई आज यो स्थान सम्म ल्याउ सुनारको उल्लेखनिय योगदान रहेकोछ । सामाजिक सञ्जाल युटुव र फेसबुक पेज आरम्भ अनलाई टि.भीको माध्यमबाट भलिबल क्षेत्र विभिन्न ठाउमा रिपोटिङ, लाईभ गर्दै खेलाडीहरुको समस्या उठाउन अन्तरवार्त लिई भलिबल क्षेत्रलाई थप सक्रिय बनाउन महत्वपूर्ण भुमिका निभाउदै आएको थियो । यि गतिविधिहरु गरिरहदा आफ्नो भाविष्य त्यति सहज नदेखेपछि सोही क्षेत्रलाई योगदान पुग्ने हेतुले व्यवसायीक रुपमा जाने उद्देश्यका साथ व्यसाय सञ्चालन गरिएको हो ।
जहाँ खेलकुदका सम्पूर्ण सामाग्रीहरु पाईनुका साथै ट्रफी, मेडल, जर्सी, टिसर्ट, टि–सर्ट प्रिन्ट, प्रमाण–पत्र, मायाको चिनो लगायतका विभिन्न सेवासहित सञ्चालनमा ल्याएको हो । देशमा युवा शक्ति विदेशीने क्रम बढेको वेला रिदेशको यो कार्य सम्मान योग्य छ । आफुले जानेको शिप र लगनशिल भई नयाँ प्रविधिहरु अपनाई केही काम गरी स्वरोजगार बन्नेछ र देशको विकासमा टेवा पुग्ने युवाहरुको लागी उदाहरणी बनेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-