काठमाडौं । एमडी ग्रुुपका अध्यक्ष लिला लामा नेपाल पर्यटन बोर्ड संचालक समिति सदस्यमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सफल पर्यटन व्यवसायी लामालाई नियुक्ति दिएका हुन् ।
दुुई दशकदेखि पर्यटन उद्योगमा क्रियाशिल लामाले अन्तर्राष्ट्रिय उडानमा ‘हाम्रो टिकट’ कम्पनी समेत सञ्चालन गर्दै आएका छन् ।
उनी एमडी होलिडे प्रालिका सञ्चालक समेत हुन् । लामाले एमडी एडभेन्चर ट्राभल एण्ड टुर प्रालि समेत सञ्चालन गर्दै आएका छन्।
पर्यटन क्षेत्रमा करोडौ लगानी गरेका लामाले नेपालको पर्यटन क्षेत्रमा नयाँ ढंगले काम गर्ने सक्षिप्त जानकारी दिएका छन् । नेपाल पर्यटन बोर्डलाई आफ्नो पक्षबाट अझ सबल र शसक्त बनाउने गरी काम गर्ने उनको दावी छ ।
लामासँगै अर्को पर्यटन व्यवसायी मदन कुमार आचार्यलाई पनि नियुक्ति दिइएको छ ।
पर्यटन मन्त्रालयका सहसचिव होमनाथ लुइटेलको संयोजकत्वमा नेपाल पर्वतारोहण संघको उपाध्यक्ष माया शेर्पा र राजेन्द्र सापकोटा सदस्य रहेको सिफारिस समितिले उनीहरुको नाम पठाएका थिए ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-