२ मंसिर २०७९, पोखरा
घरेलु टोली नेपालले पाहुना टोली यूएईविरुद्धको एकविदसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ । शुक्रबार भएको सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले यूएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभर १ बलम चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालले घरेलु भूमिमा पहिलो पटक दुई देशीय सिरिज जितेको हो । नेपालका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले अर्धशतकीय पारी खेले । ७३ बल खेलेका ज्ञानेन्द्रले ६४ रन बनाए । त्यस्तै ११९ बल खेलेका आसिफले ८८ रन बनाए । यूएईका लागि आयान खान र विलालले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । ३१ ओभर १ बलमा ९ विकेट गुमाएको अवस्थामा यूएईका लागि आयान खान र हर्जराथ बिलालले ८३ रनको साझेदारी गर्दै टिमको स्कोर १७६ पुगाए । यूएईका लागि आयन अल्फाज खानले रनको अर्धशतकीय पारी खेले । ६३ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए ।त्यस्तै अलिसान सरुपले ३३ रन बनाउँदा रोहन मुस्तफाले २४ रन तथा बिलालले २० रनको योगदान गरे । नेपालका लागि गलसन झाँ, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई–दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट थिए ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-