पोखरा || लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एमद्वारा नारीहरूको महान पर्व हरितालिका तीजको फेलोसिप कार्यक्रम आयोजना गरिने भएको छ । भाद्र १५ (31 August 2024) गते शनिबारका दिन गण्डकी एरियाको फेलोसिप कार्यक्रम बांस्तोलाथर स्थित पोखरा पार्टी प्यालेसमा हुदैछ । तीज एउटा पर्व मात्र नभएर हाम्रो मित्रता, बिश्वास, आस्था र जमघट हुने अवसर पनि हो । डिष्ट्रिक्टका सबै दिदीबहिनीहरूलाई उक्त कार्यक्रममा सहभागी गराई एक आपसमा रमाईलो गर्नको लागी समयमै रजिष्ट्रेसन आह्वान गरिएको कार्यक्रमका संयोजक एबं फेलोसिफ डिपार्टमेन्ट हेड लायन देबी तिमिल्सिनाले जानकारी गराउनु भएको छ।
भाद्र १४ गते शुक्रबारका दिन मध्यान्न ठीक १ बजेबाट शुरू हुने गरी बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा बाग्मती एरियाको लागि तीज फेलोसिप कार्यक्रम आयोजना गरिएको संयोजक एबं को(चिफ एड्भाईजर लायन गीता शर्मा चापागाईले जानकारी गराउनु भएको छ। तनहुं, स्याङ्जा र गुल्मि एरियामा पनि तीज फेलोसिप कार्यक्रम आयोजना गरिने डिष्ट्रिक्टका फस्ट लेडी मैना अर्यालले जानकारी गराउनु भयो।
उक्त कार्यक्रममा संस्कृतीलाई जगेर्ना गर्दै यस बर्षका गभर्नर चण्डी प्रसाद अर्यालद्वारा अगाडी सारिएका मुख्य ७ वटा फोकस्ड प्रोग्राम र यस बर्षको थिम टुगेडर वी क्यान् तथा लायन्स र सेवाका कार्यक्रमहरूलाई जोडी क्लवहरूका आफ्नै मौलिक भाका र शब्दहरूमा अन्तर क्लव तीज गीत प्रतियेगिता पनि राखिएको लायन्स ब्राण्डिङ हेड लायन कोपिला श्रीसले बताउनु भयो।
कार्यक्रममा बिभिन्न बिधामा पुरस्कारहरूको पनि ब्यबस्था गरिएको छ। अधिक डोर प्राईजहरू रहनेछ बिशेष मुल्यांकन समितिद्वारा “Idol of the event” पनि छनोट गरिने कुरा फेलोसिप समितिका सचिब सुनिता देबकोटाले बताउनु भयो। धेरै भन्दा धेरै दिदीबहिनीहरूलाई उपस्थित बनाई कार्यक्रमलाई सफल बनाउनका लागि लायन दाजुभाइले आर्थिक सहयोग गर्नु भएको फेलोसिप समितिका कोषाध्यक्ष लायन रेखा देबी पोख्रेलले जानकारी गराउनु भएको छ।
यस बर्ष तीज पर्बलाई मौलिकतामा आधारित बनाउने सचिवालयको भनाई रहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-