पोखरा
विगत साँढे २ दशक अघिदेखि सांगेतिक क्षेत्रको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा विकासमा दिलो ज्यानले लागेका उनी कुशल संगितकर्मी हुन् ।वि।सं।२०३९ साल पौष १ गते पोखराको गन्धर्व समुदायमा चर्चित संगितकार तथा सर्जक स्वर्गीय बुबा धन बहादुर गायक र आमा श्रीकला गायकको कोखबाट जेठो सन्तानको रुपमा उनको जन्म भएको थियो ।सानै उमेरदेखि असाध्यै लोकगित र संगितमा रुचि राख्ने गायक सात वर्षको उमेरमा जसले सारङ्गी राम्रोसँग समात्न पनि नजान्ने बेला आफुलाई बुबाले हात समाएर सारङ्गी बझाउन सिकाएको सम्झन्छन् ।
आफ्ना बुबाले रचेका कालजय गितहरुबाट प्रेरणा पाएका संगितकर्मी गायक सारङ्गीमा तिनै गितहरुका धुनहरुबाट सिक्ने गर्थे । उनको सांगितिक यात्रा आफ्नै बुबाको गित ूयो दाजुको मिर्मिरे आँखाू बाट सुरुवात भएको थियो ।त्यसैले पनि उनले आफ्नो संगितको गुरु बुबालाई मान्न छन्।त्यस्तै व्यवसायीक यात्रा भने एस।एल।सि। उत्तीर्ण गरेपछि त्यस समय पोखराको अमरसिंह चोकमा अवस्थिति सोल्टी दोहोरी साँझमा सांरङ्गी बजाउनेबाट सुरु भएको हो ।बाल्यकालमा उनले विद्यालयदेखि लिएर जिल्ला स्तरीय होस् या अञ्चल स्तरीय प्रतियोगिताहरुमा सहभागी भएर कहिले प्रथम त कहिले द्वितीय पुरस्कारहरु हासिल गरेको बताउँछन्।ती विगतका दिनहरु स्मरण गर्दै उनी भन्छन, कतिपय प्रतियोगिताहरुमा आफुलाई प्रतियोगिको रुपमा नभई निर्णायकको भूमिकामा रहन आग्रह गर्ने गरेको समेत बताउँछन् । संगितमय पारिवारिक वातावरणमा नै हुर्केका उनी घरबाटै उनको सांगेतिक यात्राको सुरुवात भएको थियो ।
संगितकार गायकले आफ्नो सांगेतिक यात्रामा थप निखार्ता ल्याउन विन्दवासिनी संगित प्रशिक्षण केन्द्रमा ३ वर्षको प्रशिक्षण लिए र त्यही प्रशिक्षकको रुपमा समेत काम गरे ।हालसम्म उनले २ हजार प्रशिक्षार्थीहरुलाई प्रशिक्षण समेत दिईसकेका छन् । उनले प्रशिक्षण दिएका कतिय प्रशिक्षार्थीहरु नेपालका बहुचर्चित र अब्बल कलाकार समेत बनिसकेका छन् । अझै पनि उनी यस क्षेत्रमा नै निरन्तर रुपमा लागिरहेका छन् ।उनी भन्छन्, अब त संगित बिना आफ्नो जिवनको परिकल्पना पनि गर्न नसक्ने बताउँछन् । उमेरले ४२ वर्ष लागेका गायक अहिले लोप हुँदै गएको बाजा सारङ्गी र मादलको संरक्षण गर्नुपर्छ भनेर लागि परेका छन् ।
यी दुई बाजा एउटा जाति र समुदायको मात्र नभई अन्य समुदायका जाति र मानिसले पनि बझाउन सिक्नुपर्ने र संरक्षण गर्नुपर्ने मान्यता उनको छ । सत्य युगदेखि नै यस बाजाको संरक्षण गर्दै आइरहेका गन्धर्व समुदायलाई पछिल्लो समय अवहेलना गरेको देख्दा उनी निकै दुस्खी छन् ।त्यस्तै भगवानको पालादेखि सूचना सम्प्रेषकको रुपमा चिनिदै आएको र विगतका दिनहरुमा गाउँ(गाउँमा गएर सारङ्गीको धुन मार्फत घरना, कर्खा सुनाउने यहि जातिका समुदायलाई अहिले आएर गाइने र मगन्ते भनेर हेप्ने गरेको देख्दा साह्रै चित्त दुस्खने गरेको उनी बताउँछन् ।
यही हेपहा प्रविधिले गर्दा पछिल्लो क्रममा यस समुदायका धेरै जसो मानिसले सारङ्गी भिर्नै छाडेर अन्य पेशालाई अंङ्गाल्नुको साथै कतिपय विदेश पलायन भएको बताउँछन् , जसले गर्दा यो बाजा नै लोप हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।उनले विस्तारै सारङ्गी बजाउनेहरुको संख्यामा कमी हुँदै गएपछि यो बाजा पनि लोप हुँदै गइरहेको बताउँछन् ।सारङ्गी जसले नेपाललाई विश्वमा चिनाएको छ यो बाजा नै लोप हुन लागेको अवस्थामा स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकार मौन बसेको देख्दा उनले चिन्ता जनाएका छन् ।
२०६५ बाटै लोप हुन लागेको यस बाजालाई संरक्षण गर्नुपर्छ भनेर बुबा धन बहादुर गायक र स्वयम आफुले त्यस समय झलकमान सारङ्गी पाठशाला स्थापना गरेको उनी सुनाउँछन् । त्यस समय उक्त पाठशालामा बुबा अध्यक्ष र आफु उपाध्यक्ष भई विद्यार्थीहरुलाई सारङ्गी र मादल सिकाउन सुरु गरेको उनी स्मरण गर्छन् ।सुरुवाती चरणमा जम्मा १० जना प्रशिक्षार्थीबाट प्रशिक्षणको थालनी गरेका गायकले हालसम्म ५ सय जना भन्दा बढी प्रशिक्षार्थीहरुलाई सारङ्गी र मादल बजाउन सिकाई सकेका छन् ।यससँगै उनले लोपोन्मुख बाजाको मौलाक पहिचान दिलाउने सिलसिलामा विभिन्न राष्ट्रहरु जस्तै नर्वे, टर्की, चाइना, बंगलादेश र भारत समेतको भ्रमण गरि संगित प्रस्तुत गरिसकेका छन् ।त्यस्तै उनले भारतको दार्जिलिङ र सिकिम जस्तो ठाउँहरुमा पनि सारङ्गीसँगै मादलको धुनलाई पनि चिरपरिचित गराउन सफल भइसकेका छन् । आज उनी विभिन्न विद्यालयहरुमा संगित तथा सारङ्गी प्रशिक्षकका रुपमा आफ्नो कर्म गर्दैछन् ।
यससँगै विभिन्न संघसंस्थामा आवद्ध भई संगितको उत्थान गर्नका निम्ति लागि परेका उनी संगित प्रशिक्षण केन्द्र, झलकमान सारङ्गी पाठशाला, अलिमिया वाङमय प्रतिष्ठान, पोखरेली युवा साँस्कृतिक परिवार, हिमाली साँस्कृतिक परिवार, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, पोखरा लोक संगित समूह, कल्याण शेरचन स्मृति प्रतिष्ठान, धन बहादुर गायक स्मृति प्रतिष्ठान हुँदै अहिले पोखरा प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य समेत बन्न सफल भइसकेका छन् ।उनले नेपाली सांगेतिक क्षेत्र र विशेषगरी लोप हुन लागेको नेपाली मौलिक बाजा सारङ्गी र मादलको संरक्षणमा पुर्याएको योगदान स्वरुप विभिन्न संघसंस्थाहरुबाट सम्मानित भइसकेका छन् ।यससँगै गायकले थुप्रै अवार्डहरु समेत प्राप्त गरेका छन् भने २०८९र८१ मा वरिष्ठ सारङ्गी वाधक अवार्ड पनि जित्न सफल भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-