पोखरा, १४ साउन ।
नेकपा एमालेको मोर्चा संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अन्र्तगत नेपाल लोकतान्त्रिक तमु संघको शनिवार पोखरामा केन्द्रिय विस्तारित बैठक एवम भेला सम्पन्न भएको छ। भेलाले दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ। समितिको संयोजकमा बेदबहादुर गुरुङ(श्याम) र महासचिवमा हुमबहादुर गुरुङसहित १५१ सदस्यीय आयोजक समिति गठन गरेको छ। बिस्तारित बैठक तथा भेलाको उद्घाटन गर्नुहुदै नेकपा एमाले स्थायी समिती सदस्य एवम नेपाल लोकतान्त्रिक तमु संघ केन्द्रिय समिती अध्यक्ष किरण गुरुङले संघको स्थापनाको एतिहासिकता, संघको गतिबिधी र आगामी कार्यदिशा प्रष्ट पार्नुभएको थियो। उहाँले अधिकारको आन्दोलनको नाउँमा अतिरन्जित रुपमा थेग्नै नसक्ने माग थपिदै गएकाले आदिवासी आन्दोलनले पाउनसक्ने अधिकार समेत प्राप्त हुन नसकेको बताउनुभयो। । आदिवासी आन्दोलनलाई झुक्याउने काम माओवादीले गरेको आरोप लगाउनु हुँदै उहाँले नेपालमा कुनै समुदायको बाहुल्यता नभएकाले प्रदेसको नामाकरणमा जातिय पहिचान स्थापित गर्न नसकेको बताउनुभयो ।तर पनि समुदायको अधिकारका लागि संबिधानले ब्यवस्था गरेको अधिकार सुनिश्चित गर्न जोड दिनुपर्ने बताउनुभयो।पहिलो संबिधानसभाको ताका धेरै आदिवासी आन्दोलन बहकिएकाले पाउनसक्ने अधिकार नपाएको मात्रै नभई संविधान सभा नै भंग गरिनु आदिवासीका अधिकार कुण्ठित भएको अध्यक्ष गुरुङको भनाई थियो।अब लोकतान्त्रिक तमु संघले संबिधानले दिएको अधिकार र एमाले पार्टीले निर्दिष्ट गरेको व्यवस्थालाई पुर्ण रुपले उपयोग गर्दै अघि बढ्नुपर्ने उहाँको भनाई थियो । संघको कार्यक्रमलाई ब्यवस्थित रुपले अघि बढाउने, संघको संगठन निर्माण गर्ने र सम्मेलन गरि अघि बढ्न सम्मेलन आयोजक समिती गठन गरिएको बताउनुहुदै उहाँले लोकतान्त्रिक तमु संघमा लाग्दा पार्टीले फरक व्यवहार गर्दैन, गर्नुहुदै।बरु पार्टीलाई सुधार्नुपर्ने अवस्था रहेर संघर्ष गर्ने हो, मोर्चा छोडेर भाग्न नहुने बताउनुभयो। कार्यक्रममा नेकपा माले पोलिटब्युरो सदस्य एवम लोकतान्त्रिक तमु संघका वरिष्ठ उपाध्यक्ष परशुराम मेघी गुरुङले तमु समुदायभित्र एमालेको असल बिचार प्रवेश र अब्बल कार्यकर्ता निर्माण गर्नु, समुदायको अधिकार एतिहासिक भौतिकवादी द्वन्द्वात्मक प्रगतिशील ढंगले खोजी गर्न तमु संघको गठन गरेको बताउनुभयो । समुदायको अस्तित्व र पहिचान स्थापित गर्न र नागरिक स्वतन्त्रता एवम अधिकारका लागि संघको अभियान भएको उहाँको भनाइ थियो।् यसरी नै एमाले केन्द्रिय सदस्य एवम नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सहइन्चार्ज पासाङ शेर्पाले शुभकामना व्यक्त गर्नुहुदै भावना र मस्तिष्कले लोकतान्त्रिक तमु संघसहित एमाले बन्नुपर्छ ।तमु भए एमाले बिर्सने, एमाले भए तमु बिर्सनु नहुने भन्नुहुदै उहाले एमालेले जति बोल्छ त्यति गर्छ अरु पार्टीले धेरै सपना देखाउछ केही नगर्दो रहेछ म भुक्तभोगी छु उहाँको भनाई थियो। जनजाति कै लागि केही गर्ने भनियो भावनाले चलेन, माओवादीले धेरै गर्छु भन्यो बरु उल्टो जनजाति बिरोधी रहेछ।जे जति अधिकार प्राप्त गरेको छ एमालेकै नेतृत्वबाट अधिकार प्राप्त भएको फेहरिस्त शेर्पाले प्रस्तुत गर्नुभएको थियो। एमालेमा फर्कन नजान्नेहरुको अरु पार्टीमा हरिबिजोग भएको उहाको भनाई थियो। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ महासचिव पेम्बा भोटेले शुभकामना ब्यक्त गर्नुहुदै एमाले बलियो भए मात्र आदिवासी जनजाती लगाएत तमु को अधिकार सुनिश्चित हुने दावी गर्नुभयो। लोकतान्त्रिक तमु संघका केन्द्रिय अध्यक्ष किरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मिनाकुमारी गुरुङले स्वागत र महासचिव बेदबहादुर गुरुङ(श्याम)ले संचालन गर्नुभएको कार्यक्रममा कार्यक्रममा नेकपा एमालेबाट स्थानिय निर्वाचनमा निर्वाचित तमु उपमेयर, अध्यक्ष उपाध्यक्षहरुलाई संघका केन्द्रिय अध्यक्ष किरण गुरुङले खदा लगाएर बधाई एवम सम्मान गर्नुभएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-