पोखरा |
प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा हिमालकै काखमा रहेको विश्वमै चर्चित तथा प्रख्यात गण्डकी प्रदेशको राजधानी पोखरा लाई नेपालमै पहिलो पर्यटक राजधानी घोषणा गरिने भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्यको रुपमा रहेको पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते भव्य समारोहका बीच पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा भव्य समारोहका बीच पर्यटन राजधानी घोषणा गरिने कार्यक्रम रहेको छ।
घोषणा समारोह अघि विहान १०ः१५ बजे बसुन्धरा पार्कबाट विभिन्न सांस्कृतिक झाँकी समेतको र्याली ,बाजा सहित फेवाताल किनार बाराही घाटमा प्रमुख अतिथि सन्माननिय प्रधानमन्त्री पुस्पकमल दहाल द्वारा उद्घाटन हुने आयोजकले जनाएको छ।
“प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकी सहितको र्यालीपछि हुने कार्यक्रममा राजधानी सहरको सिम्बोल अनावरणपछि औपचारिक रुपमा पर्यटकिय राजधानी घोषणा हुनेछ ।
घोषणा समारोहलाई भव्य बनाउका लागि पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । सो समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिवहरु, पोखराका छिमेकी पालिकाहरु रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, स्याङ्जाको फेदीखोला, तनहुँको शुक्लागण्डकी, पर्वतको कुश्मा र मोदी गाउँपालिकाका अध्यक्ष, पर्यटन सङ्घ संस्था लगायत रहेका छन् ।
राजधानी घोषणा समारोहलाई भव्य बनाउन र यसको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा समेत बुझाउनका लागि नेपाल स्थित चीन र भारतका राजदुत र विभिन्न देशका नेपाल स्थित कुटनीतिक नियोगका प्रमुखलाई आमन्त्रण गरिएको महानगर प्रमुख मेयर आचार्यले वताउनु भयो ।
प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेको थियो । सो समितिले गत फागुनमा प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले घोषणा समारोहलाई उत्सवका रुपमा मनाउने गरी भव्य बनाउने गरी तयारी गरिएको जानकारी गराउनु भयो । पोखरा पर्यटनको पर्यायवाची भएकाले धेरै लामो छलफल र अध्ययनपछि औपचारिक रुपमा राजधानी घोषणा गर्न लागिएको बताउनुभयो ।
पोखरा पर्यटनको केन्द्र हो, गन्तव्य हो र पर्यटनको पर्यायबाची हो । सबै हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन नभन्ने भनेर घोषणा गर्दैछौँ । यसबाट गण्डकी प्रदेश सहित समग्र देशको सम्वृद्दिमा समेत टेवा पुग्ने विश्वास रहेको प्रमुख आचार्यले वताउनु भयो ।
आचार्यले पर्यटकीय राजधानी घोषणपछि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान सेवाको गुणात्मकता लगायतमा सुधार गर्दै लगिने बताउनु भयो ।
यसो त पोखरा लाई पर्यटकिय राजधानी घोषणा गर्ने कार्यक्रम भए सगै कतिपय नगरवासिले भने पर्यटकिय राजधानी घोषणा गर्नु राम्रो हो। तर पुर्व तयारि र पुर्वाधार विना हतारमा गर्न लागिएको घोषणा भन्दै टीका टिप्पणी गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-