भदौ १३, पोखरा
केही दिनयता देशैभरि पानी परिरहेको छ। भदौको दोस्रो साता निरन्तर परेको झरीले तराईका विभिन्न भागमा डुबान भएको छ भने पहाडमा ठाउँ-ठाउँमा पहिरो खसेको छ ।देशको अधिकंस भू–भागहरुमा झरी हिजो साँझदेखी परिरहेको छ । काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ। बागमती, प्रदेश-२, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लामा पानी परेको छ भने प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ।
मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले केही दिनयता पानी परिरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्।
मानन्धरका अनुसार सोमबार साँझसम्म पानी क्रम जारी रहनेछ। ‘मंगलबार बिहान केहीबेर आकाश खुल्नेजस्तो देखिए पनि फेरि साँझबाट पानी पर्ने देखिन्छ,’ मानन्धरले भनिन्।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ भाद्र १३ गते (आइतबार)
दिउँसो: देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ भाद्र १४ गते ( सोमबार)
दिउँसो: देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ भाद्र १५ गते ( मंगलबार)
दिउँसो: देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
साभार, सेतोपाटी
प्रतिक्रिया लेख्नुहोस्:-