पोखरा
पोखरा २७ तालचोक स्थित सुभम् पार्टी प्यालेस मा मधेश कास्की सम्पर्क समाज ले आयोजना गरेको सस्था स्थापना को प्रथम बार्षिक साधारण सभा तथा अधिबेसन को उद्धघाटन सत्र लाई सम्बोधन गर्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय सिके राउतको प्रमुख आथित्यतामा सम्पन्न भयको छ l मधेश कास्की सम्पर्क समाज को उपस्थित भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति डा. सिके राउत भन्नुहुन्छ राष्ट्र सबै नेपाली को साझा घर हो हामी हिमाली पहाडी मधेसी जो जहाँ भयपनि हामी नेपाली हो यो सत्य कहिल्यै नभुलौ भन्दै मधेसी कालो जाति भनेर आखिर कहिले सम्म हेप्ने? कहिले सम्म विभेद गर्ने? हिन्दी लबज आउदै मा, कालो रङ्ग हुदैमा के भारतीय हुन्छ भैया नै भन्नु पर्छ भन्दै आफ्नो तर्क राख्नु भयो l भाषण र आदर्श र आस्वासन ले मात्र केही हुनेवाला छैन काम गर्न जरुरी रहेको प्रमुख अथिति राउत बताउनु हुन्छ l देश राजनीति गन्जागोल मा फसेको यसलाई सुद्धिकरण र सफाई गर्न जरुरी रहेको औलाऊनु भयो l अहिलेको सासन ब्यबस्थालाई सुधार गर्न नया गणतन्त्र आबस्यक भएको बताउदै जनता सचेत हुन जरुरी रहेको बताउनु भयो l त्यस्तै अन्य अथिति तथा बोल्ने बक्ता हरुमा नेपाली काग्रेस कास्की सदस्य बाबुराम गिरी, नेकपा माओवादी केन्द्र पूर्व प्रदेश सभासाद तेज कुमारी पौडेल,जनता समाजवादी पार्टी गण्डकी प्रदेश अध्यक्ष मधुकर न्यौपाने, नेखनाथ उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओझा तथा महासचिब जानुका पराजुली, निबर्तमान अध्यक्ष छत्रधर आत्रेय,कलवार कल्याणकारी सेवा समाजका अध्यक्ष अशोक कुमार चौधरी,पोखरा ईको रेड ब्रिक्स का संचालक भरत राज ओझा,नेकपा मावोबादी केन्द्रका सदस्य तथा पूर्व संसाद अशोक कुमार जयसवाल, जनमत पार्टी गण्डकी प्रदेश अध्यक्ष महेन्द्र शर्मा लगाएत ले बोलेका थिए l मधेश कास्की सम्पर्क समाज का अध्यक्ष सतेन्द्र कुमार दास को सभापतित्व मा सम्पन्न कार्यक्रम संचालन सचिब लिलाधर कुमार पटेलले गरेका थिय भने कार्यक्रम समापन उपाध्यक्ष ले गरेका थिय l आजै सम्पन्न अधिबेसन बाट अध्यक्ष सतेन्द्र कुमार दास, उपाध्यक्ष विवेक कुमार जसवाल, महिला उपाध्यक्ष सरिता कुमारी जसवाल, मनोनियत तृतीय उपाध्यक्ष गेनालाल कुशवाहा सचिव लिलाधर पटेल( बिश्वनाथ ),सह-सचिव आशिष बैठा तथा राजन निर्बिरोध चयन भएका छन् l कोषाध्यक्ष मुकेश पासवान चुनाव बाट बिजयी भयका छन l मनोनियत सह-कोषाध्यक्ष राजकुमार जसवाल सदस्य रिंकु शाह, प्रतिमा जसवाल,सरोज जसवाल, बिकाश शाह, हरिलाल शाह,पिन्टु शाह सल्लाहकार समितिबाट मन्दारी गिरी,धनेश्वर चौधरी, वीरेन्द्र शाह कलवार तीनजनाको सल्लाहकार समिति गठन गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-