हुम बहादुर च्हाक्ली तमु
पाैषा १७, स्याङ्जा ।
श्री शिव जन जागृती युवा क्लब वालिङ नगरपालिका-३, स्याङ्जाको २६अाै बार्षिकाेत्सबकाे अवसरमा साबिक वडास्तरिय पुरुषा भलिबल प्रतियोगिता सञ्चालन भैरहेकाे छ । प्रतियाेगिताकाे आज छैठौं दिन ७खेल सम्पन्न भएकाे छ । जसमा चन्द्रज्याेती युवा क्लब चन्द्रकाेट बिरुद्ध सम्झन युवा क्लब बिच भएकाे खेलमा सम्झना युव क्लब समयमा उपस्थित हुन नसकेकाेले वकओभर दिई चन्द्रज्याेतिलाई बिजेता घा्षणा गरिएकाे थियाे । दाेस्राे खेलमा संग्रिला युवा क्लब सिम्ले बिरुद्ध फुलबारी जनहित युवा क्लब सिर्सिकाेटमा सिर्सिकाेट अर्काे राउण्डमा प्रवेस गरेकाे छ, त्यस्तै शान्ति देउरालि युवा क्लब छाप्राक बिरुद्ध सिर्जना माछापुच्छ्रे युवा क्लब कुसुम भञ्ज्याङ बिचकाे खेलमा कुसुमभञ्ज्यङ बिजेता बनेकाे छ । भिरकाेट कालिका युवा क्लब बनेथाेक र राईजिङ स्टार युवा क्लब मल्याङकाेट बिचकाे खेलमा मल्याङकाेट बिजय भएकाे छ । सनराईज युवा क्लब छापा बिरुद्ध शिवमित्र युवा क्लब, राम्चेमा बिचकाे खेलमा छापा बिजय भएकाे थियाे । त्यस्तै फुलबारी युवा क्लब सिमिकाेट vs चन्द्रज्याेती युवा क्लब बिचकाे खेलमा फुलबारी जनहित युवा क्लब सिर्सिकाेट अघिल्लाे चरणमा प्रवेस गरेकाे रेफ्रि समंयाेजक युवराज गुरुङले जानकारी दिनुभएकाे छ ।
प्रतियाेगितामा बहिरि २१ र आयाेजक २ गरि जम्म २३ टिमकाे सहभागिता रहेकाे छ, जसमा बिजेताले ६६ हजार ६ सय ६६ रुपैया, उपबिजेताले ४४हजार ४ सय ४४ रुपैया, तेस्राे हुनेले टिमले २२ हजार २ सय २२ रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
भाेलि प्रतियाेगिताका फाईनल गराउने उद्देश्यले बिहान ८ बजेदेखी खेल सञ्चालन हुने छ भने सहभागी टिमहरुलाई समयमै उपस्थित हुनकाे लागी क्लब अध्यक्ष दिपक गुरुङले अनुराेध सहित जानकारी गराउनुभएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस्:-