पोखरा | कुनै बेला जति बढि मात्रामा युवाहरुलाई बैदेशिक रोजगारीमा पठाउन सक्यो त्यसैमा गर्व गर्ने राज्यको प्रवृत्ति थियो । विशेष गरी माओवादीको हिंसात्मक विद्रोहकालमा राज्यले बैदेशिक रोजगारमा जान युवाहरुलाई प्रेरित गरेको थियो । युवाहरु विद्रोहमा सरिक नहोउन् भन्ने उद्देश्यले राज्यले उक्त नीति अवलम्बन गरेको थियो । राज्यले अल्पकालिन रुपमा लिएको सो नीति विद्रोहको अन्त्य र शान्ति स्थापना पश्चात पनि यथावत रुपमा अगाडी बढेकोले अहिले आएर युवाविहिन राष्ट्रको रुपमा नेपालको परिचय बन्न गएकोछ । दलहरुले भन्ने गरेको निरङ्कुश पञ्चायती शासनकालमा स्थापना भएका कैयौं उत्पादनशील उद्योगहरु प्रजातन्त्रको स्थापना पश्चात दलहरुकै कारणले ध्वस्त भए ।
स्थानीय उत्पादन, कच्चा पदार्थ एवं राष्ट्रिय जनशक्तिबाट पूर्ण क्षमतामा संचालनमा आएका ति उद्योगहरु अहिले नामोनिशान विहिन अवस्थामा पुगेकाछन् । धरातलीय संभावना अनुरुपका उत्पादन उद्योग एवं उद्यमहरुलाई राज्यस्तरबाट प्रवद्र्धित गर्नुपर्नेमा त्यसको विपरित प्रजातान्त्रिक कालमा दलहरुले गरेका व्यवहार र गतिविधिहरु उद्योग र उद्यम विपरितका हुनगए । सदियौं देखि गर्दै आएका कृषि पेशालाई व्यवशायिक बनाउन दलका कुनै पनि नेताहरुको ध्यान गएन । भाषण मात्र गरी दलहरुले जनतालाई रुमल्याउँदै किम्कर्तव्यविमुख अवस्थामा पु¥याए । प्रजातन्त्र स्थापना पश्चातका केही वर्ष त दल र यिनका नेताहरु राज्यकोष खान र फोस्रा भाषण गर्नमै व्यस्त रहे । राष्ट्र निर्माण गर्न र समृद्धिशाली तुल्याउन आवश्यक आधार तत्वहरुको पहिचान गर्न असक्षम समुह नै राष्ट्र हाक्ने निकायमा हालीमुहालि गरेर वस्यो र अहिले पनि त्यस्तै व्यक्तिहरु तल देखी माथि सम्म रजगज गरी बसिरहेकाछन् ।
जनताबाट संकलित राज्यकोष अहिले कर्मचारी र तिन तहका सरकारमा रहनेहरुको विर्ता जस्तै हुन गएकोछ । मुलुकमा उद्यम गर्ने, वस्ने एवं गरिखाने बातावरणलाई पूर्ण रुपेण नामेट पारिएकोले सामान्य जीवन यापन गर्ने आधारको खोजीमा युवाहरु तुच्छ कामको लागी पनि विदेशमा जान विबश बनि रहेकाछन् । विदेशमा गएर ज्यानको पर्वाह नगरी पसिना बगाईरहेका युवाहरुले पठाएको विप्रेषण समेत कर्मचारी, सांसद, मन्त्री र विभिन्न निकायका जनप्रतिनिधिहरुको मौजमस्ती गर्ने आधार बनेको छ । हुँदाहुँदै स्थिति यस्तो हुन थाल्यो की स्वदेशमा पसिना वगाउने स्थिति समेत नभए पछि विदेशी भुमिमा गएर रगत बगाउन समेत युवाहरु वाध्य हुनुपर्ने अवस्थामा पुगेकाछन् । स्वदेशमा खोलिएका विद्यालय एवं क्याम्पसहरु क्रमश खाली हुदै गएकाछन् । र विद्यार्थीको अभावले बन्द हुने अवस्थामा पुग्न थालेकाछन् ।
बढ्दो राजनैतिक अतिक्रमण एवं हस्तक्षेपको परिणाम शिक्षालयहरु अवसान मांर्ग तर्फ उन्मुख हुन पुगेकाछन् । देशको अवस्था जता हे¥यो उतै डाँवाडोल भएकोमा जनअसन्तोष तिव्र रुपमा बढेर गएकोछ । दल र यिनका नेताहरु बढ्दो जनअसन्तोषको कारक तत्व आँफुहरु नै हौ भन्ने तर्फ अझै सोच विचार गर्ने तर्फ लागेका छैनन् । वरु असन्तोसी मन र भावनाहरुलाई अर्काको पड्यन्त्र र करामतको प्रतिफलको रुपमा अथ्र्याउन र व्याख्या गर्न तर्फ लागिरहेकाछन् । युवाहरु विदेशिने मात्र नभै अहिले आएर देश नै विदेशिने स्थितिमा पुग्दा समेत राजनीतिक दलहरु गंभीर भै सोचमग्न बन्न खोजेका छैनन् । शनैशनै राष्ट्र विदेशीको कसिलो चंगुलमा परिसकेको छ र जनताले चाहेर केही नहुने स्थितिको सृजना गरिदैछ ।
Machhapuchare news weekly
प्रतिक्रिया लेख्नुहोस्:-