श्रवण ४, पोखरा
लायन्स अन्तराष्ट्रिय डिस्तृक ३२५ यम नेपालको एड्भाईजरी काउन्सिल मिटिङ पोखरामा हुदैछ । जुलाई २० र २१ अर्थात श्रावण ५ र ६ गते हिमालयन देउराली रिसोर्ट नौडाँडा हुनेछ ।
काउन्सिल मिटिङमा करिव ८७ जना लाईन लिडरहरुको सहभागीता रहनेछ । उक्त काउनसिल मिटिङमा लायन्स क्लबहरुले सम्पादन गरेका कामहरु र सुधार गर्नुपर्ने कार्यहरुलाई प्रमुख एजेन्डा बनाईनेछ । मिटिङमा अघिल्लो वर्षमा गरेको कार्यहरुको समिक्षा तथा आगमी दिनमा गर्नुपर्ने कामको खाका बनाइनेछ ।
लायन्स वर्ष २०२४, ०२५ का गभर्नर लायन्स चण्डी प्रसाद अर्यार तथा लायन्स इन्टरनेश्नलका प्रेसिडेन्टले अगाडी सारेका विभिन्न एजेण्डाहरु र सामाजिक कार्यहरुमा कसरी सफल बनाउने भन्ने विषयमा छलफल हुनेछ । काउन्सिल मिटिङमा लायन्सका विभिन्न कोषहरुको व्यवस्थापन गर्नुका साथै सामाजिक कार्यहरुमा लायन्सको आवश्यकतालाई थप बढाउने विषयमा छलफल हुनेछ । उक्त काउन्सिल मिटिङमा डिपार्टमेन्ट हेड भन्दा माथिका सवै लायन्स लिडरहरुको सहभागीता रहने चिफ डिस्तृक एडभाईजर एम.जे.एफ लायन्स किसोर बरालले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-