भरत गुरुङ
२३ साउन, बुधबार
लायन्स क्लब अफ पोखरा नर्सेसद्वारा हरेक बर्ष जस्तै यस बर्षको तेस्रो जुम्ल्याहा भेला तथा स्वास्थ्य परिक्षण कार्यक्रम गत श्रावण २० गते शनिबार भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभागका विभागिय प्रमुख स. प्राध्यापक डा. सूर्य हमालले कार्यक्रमको औचित्यबारे बताउनु भएको थियो । त्यसै गरि विशिष्ट अतिथिहरुमा डिस्ट्रिक इन्टरनेशनल ३२५ के.का निवर्तमान डिस्ट्रिक गर्भनर लायन राजेन्द्र बाटाजु, डिस्ट्रिक इन्टरनेशनल ३२५ एम. का प्रथम डिस्ट्रिक गर्भनर लायन चण्डी प्रसाद अर्याल तथा अतिथी लायन अर्जुन बहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो । करिव ३२ जना जुम्ल्याहाहरु सहभागी भएको उक्त कार्यक्रममा सहभागीहरुलाई विभिन्न मनोरञ्जनात्मक खेलकुदका प्रतियोगिताहरु सन्चालन गरि विजेताहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुलाई निशुल्क स्वास्थ्य परिक्षणको समेत व्यवस्था गरिएको थियो । यस बर्षको लायन्स क्लब अफ पोखरा नर्सेसका अध्यक्ष लायन हेमा गुरुङको अध्यक्षतामा सन्चालन भएको उक्त कार्यक्रमका लायन डा. रत्नशिला वास्तोलाले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-