पोखरा | इज्रायल र प्यालेष्टिनी बीचको संघर्ष यतिखेरको हैन । प्रारम्भ अर्थात ४० औं दशक देखीको निरन्तर चलिरहेको युद्ध अन्तर्गतको युद्ध हो । जोर्डन नदी र भुमध्य सागर वीचको क्षेत्र बसोवासको लागी कसको अधिकार अन्तर्गत रहने भन्ने विवाद नै युद्धको प्रमुख कारण मानिन्छ । २० औ शताब्दीबाट प्रारम्भ भएको द्धन्द्धको जरो क्रमश पारस्परिक युद्धको स्थितिमा आईपुग्नुमा प्रारम्भबाट गडेको विवादको जराको ऐतिहाँसिक पृष्ठभुमि नबुनी सतही रुपले शत्तिशाली भएको नाताले इजरायलको पक्षमा र मुसलमान भएको कारणले प्यालेष्टिनीको विरोधमा कतिपय राष्ट्रहरु उभिएको
देख्दा निमुखा सावित प्यालेष्टिनीहरु प्रति घोर अन्याय भएको मानिन्छ ।
यहुदी र अरवीहरुको धार्मिक प्रष्ठभुमिलाईअध्ययन गर्दा तोराह (यहुदीको ग्रन्थ र कुरानले ब्युत्पत्तीको श्रोत एउटै मानेको छ । बाईबल पक्षधरहरुले गरेको दावी अनुसार अव्राहम इश्वरीय आदेशानुसार अज्ञातभुमिमा नयाँ राष्ट्र स्थापना गर्न जन्मेका थिए । उक्त क्षेत्र कनान जुन वर्तमान इज्रायल र प्यालेष्टिनीको क्षेत्र थियो । अव्राहम लगायतका जनजातीहरुले आँफुलाई हिव्रु बताउँछन् ले प्यालेष्टाईनलाई वासस्थान बनाए । ऐतिहाँसिक तथ्यअनुसार त्यस स्थानमा पहिले देखी नै विभिन्न समुदायहरुको वसोवास रहेको उक्त भुमी भने इजिप्टको अधिनमा
रहेको थियो ।
पुरातन धार्मिक पुस्तकका अुनसार कनानमा अव्राहमका २ वटा श्रीमती द्धारा २ छोरा जन्मिए । श्रीमती साराबाट इशाक र हागर नामकी मिश्री दाश स्त्रीबाट इस्मायल जन्मिए । धार्मिक पुस्तक अनुसार इश्वरले अव्राहमलाई उनकी पत्नी सारा राष्ट्रकी आमा हुने बताएका थिए, तर लामो समय सम्म सारा निसन्तान रहेकीले परमेश्वरको बाचा पुरा गराउन साराले आफ्नी दाशी हागरलाई सन्तानोत्पत्तिका लागी अव्राहमलाई सुम्पिईन् । तर ९० वर्षको उमेरमा साराबाट सन्तानोत्पत्ति भयो । उसको नाम इसाक राखियो । सारा र हागर वीच सौतेनी द्वन्द्व चर्केर गयो । सारका सन्तान इसाकलाई अव्राहमको उत्तराधिकारी वनाईयो र हागर र इस्माईललाई त्यहाँबाट धपाई मरुभुमि तर्फ पठाइयो ।
वाईबलमा उल्लेख भए अनुसार भगवानको मरुभुमिमा हागरलाई भेटेर उनको छोरा इस्मायलले पनि आफ्नो एउटा ठुलो राष्ट्र खडा गर्ने बताए । ततपश्चात इस्मायलका सन्तानहरुलाई अरव भनेर चिनिन थालियो । इसाकका अनुजहरु यहुदी भनेर चिनिन थाले । अरव र यहुदी एउटै बाबुका २ वटा आमाबाट जन्मेका दाजुभई हुन् । दुवैले अव्रहामलाई आफ्ना पिता मान्दछन् । वाइबलीय भनाईअनुसार अव्राहमका दुवै छोराले राष्ट्र निर्माण गर्नेछन् भनी गरेको इश्वरीय निर्देशन तर्कसंगत छ ।
अव्राहमका छोराहरु इस्मायल र इसाक दुबैतर्फबाट राज्य विस्तारित हुन गएकोले बाईवलीय भनाई तर्कसंगत मानिन्छ । यहुदीहरुको शास्त्र तोराहले उक्त भुमि केवल यहुदीहरुको लागी हो भन्दछ भने कुरानले केवल अरवको लागी हो भन्ने तर्कमा जोड दिन्छ । यहुदीहरुको समाज स्थापना पश्चात इजरायल माथी निरन्तर आक्रमण र भएको र अरुको अधिपत्य स्वीकारर्नु परेको थियो । शयौ वर्ष सम्म इजरायलको क्षेत्रलाई वेविलोनिया साम्राज्य फारसी रोमन, ग्रिक, अरब, फातिमिद, सेल्जुक टर्क, क्रुसेडर, इजिप्सियन, मामलुक र पछिल्लो चरणमा अटोमन साम्राज्यले विभिन्न समयमा शासन गरेका थिए ।
पछिल्लो समयमा अटोमन साम्राज्यले शासन गरेका थिए । पछिलो समयमा अटोमन साम्रज्यले सन् १५१७ देखी १९१७ सम्म इजरायल क्षेत्र सहित पश्चिम एसियाको धेरै मागमा शासन ग¥यो । १९औं शताब्दिीको सुरुमा प्यालेष्टिनीहरुको लागी भनिएको क्षेत्रमा यहुदीहरुको जनसंख्या पुगनपुग ३ प्रतिशतको हारहारीमा रहेको इतिहाँसविदको दावी रहेकोछ । अन्य ९७ प्रतिशत हिस्सा अरव जनसंख्याले ओगटेको थियो । सातौ शताब्दीमा अरवहरुले यस क्षेत्रमा विजय हाशिल गरी बसोबास गरे । उता युरोपमा १८औं शताब्दिको ८० वर्ष पछि यहुदी विरोधी भावना बढ्दै गएपछि १९०० को शुरुवातमा चरम उत्कर्षमा पुग्यो । यहुदीहरुलाई युरोपमा वस्न र बाँच्न धौधौको स्थिति सृजना भएपछि भागभागको स्थिति बन्यो र युरोपबाट बाहिरिएका यहुदीहरुमध्ये करिव ३ प्रतिशत प्यालेष्टाईन गए ।
पहिलो विश्वयुद्ध हुने वेलामा प्यालेस्टाईनमा यहुदीहरुको जनसंख्या करिव दश प्रतिशत पुगेको थियो । १९औ शताब्दिमा युरोपेली राष्ट्रबादको लहर उग्ररुपमा बढेर गयो र दोस्रो विश्वयुद्ध ताक त्यो यस्तो चरमसीमा पार गर्ने अवस्थामा पुग्यो कि जर्मनमा त लाखौ यहुदीहरुलाई ग्याँस च्याम्बरमा हालेर मारियो । युरोपमा युरोपियन राष्ट्रबादको चर्काे हावा बढिरहेकोले यहुदीहरुमा पनि यहुदी
राष्ट्रबाद र मातृभुमिको चाहाना प्रवल रुपमा बढेर गयो । यहुदी राष्ट्रबादको प्रणेताको रुपमा अष्ट्रो–हंगेरी यहुदी विद्वान थियोडोर हर्जनलाई मान्न सकिन्छ । उनले १८९६ मा यहुदीराज्य भन्ने प्रकाशन (पुस्तक) प्रकाशित गरेका थिए । यहुदी राष्ट्र कहाँ बनाउने भन्ने सम्बन्धमा यहुदीहरुको वीचमा परामर्श र बहसहरु भए । एकथरीले प्यालेष्टाईनमै यहुदी राज्य निर्माण गर्नुपर्नेमा जोड दिए भने अर्काे थरीले जसरी हुन्छ त्यसरी जहाँ संभव हुन्छ त्यही यहुदी राज्य निर्माण गर्नमा जोड दियो ।
विवाद, वहस र परामर्शको निष्कर्ष यो निस्कियोकी सन् १९०५ मा वासेलको सातौ यहुदी कंग्रेसले धार्मिक र ऐतिहाँसिक सन्दर्भलाई महत्व दिदै प्यालेष्टाईनमै यहुदी राज्य स्थापना गर्ने निर्णय ग¥यो । पहिलो विश्वयुद्धमा अटोमन साम्राज्यको पराजय पछि वेलायतले “प्यालेष्टाईन जनादेश” का नाममा वर्तमान प्यालेस्टाईनलाई नियन्त्रणमा लियो र दोश्रो विश्वयुद्ध पछिका केही वर्ष संम्म त्यस क्षेत्रमा प्रशासनिक नियन्त्रण कायम राखिरह्यो । प्यालेष्टाईनलाई आफ्नो नियन्त्रणमा लिएसंगै वेलायति विदेश सचिव बालफोरले “बालफोर घोषणपत्र” जारी गरे । जसअनुसार वेलायतले प्यालेष्टाईनमै यहुदी राज्य स्थापना गर्न भुमिका खेल्ने बताईएको थियो ।
प्यालेष्टाईन माथि नियन्त्रण कायम गरी इजिप्ट र स्वेज नहरलाई आफ्नो प्रभाव क्षेत्रभित्र राखी आफ्नो रणनीतिक स्वार्थ पुरा गराउनु वेलायतको स्वार्थ रहेको थियो । त्यतिवेला
वेलायतमा वसेका यहुदी समुदाय र वेलायत सरकार विचको सम्बन्ध घनिष्ट खालको थियो । अमेरिका र रुसमा रहेका यहुदी समुदायलाई प्रभावमा पारी युद्धको समयमा सहयोगी शक्तिहरु वीचको एकता मजवुत गराउन चाहान्थ्यो । वालफोर घोषणा संगै वेलायतीहरुले प्यालेष्टाईनमा यहुदीहरुको वसोबाासलाई सहज पार्न थाले । सन् १९२०मा जर्मनीमा नाजीवादको उदय भएपश्चात एकातिर छुट्टै राष्ट्र बनाउने हुटहटी बढेर गयो । सन् १९३२ मा जर्मनीमा हिटलरको नेतृत्व रहेको नाजीवादले विजय प्राप्त गरेपछि यहुदीहरु निकै उत्पीडनमा परे । साथै अष्टिया र चेकोस्लोभाकियामा पनि यहुदीहरु निकै आप्ठेरोमा पर्न थाले । १९३२ देखी १९३९ अर्थात दोश्रो विश्वयुद्ध प्रारम्भ हुने वेलासम्म प्यालेष्टाईनमा यहुदीहरुको जनसंख्या २ लाख ४७ हजार थियो, जुन अधिकांश शरणार्थी थिए ।
त्यसमध्यमा पनि युरोपबाट आएका यहुदी शरणार्थीहरुको संख्या लगभग ५० प्रतिशत नै थियो । १९३९ देखी १९४५ संम्म जर्मनमा नाजी र तिनका सहयोगीहरुले ६० लाख यहुदीहरको हत्या गरे भनिन्छ । त्यसपछियहुदीहरुको गन्तव्यस्थल प्यालेष्टाईन भयो । दिनानुदिन यहुदीहरुको संख्या बढ्दै गयो । १९४६ सम्म केवल ६ प्रतिशत प्यलोष्टिनी जमिनमा अधिकार कायम गरेका यहुदीहरुले १९४७ सम्म आफ्नो जनसंख्याको उपस्थिति एकतिहाई कायम गराए । दोश्रो विश्वयुद्धमा वेलायतले अरवहरुको सहयोग र समर्थन पाउन आफ्नो नीति फेरबदल गरी यहुदी आप्रवासन रोक्ने नीति प्रस्तुत गरेको थियो । त्यो केवल वेलायतको धुत्र्याँई मात्र थियो । लामो समयसम्म ब्रिटिस औपनिवेशिक शासनको जाँतोमा पिल्सिइरहेका अरवहरु दिनानुदिन युदीहरुको बढ्दो आगमन एवं यहुदी राष्ट्र निर्माण गर्ने अभिप्रायले खुलेका यहुदी संगठनहरुको कारणले त्रसित र चिन्तित भएका थिए । प्यालेष्टाईन भुमिमा आफ्नो पकड बढाउन अरव र यहुदीहरुले लडाकु दस्त (मिलिसिया) स्थापना गर्नथाले । तत्पश्चात हिंसामा वृद्धि हुदै गयो । र अरब र प्यालेष्टिनी मिलिसियाके आक्रमण तिव्र बन्दै गयोे । यहुदी र प्यालेष्टाईन पक्षधर वीच द्वन्द्व सृजना गरी आफ्नो उपनिवेशलार्ई बलियो बनाउने
उद्देश्यले वेलायतले नै दुवैतर्फबाट मिलिसिया गठन गराउने काम गरेको थियो ।
दोश्रो विश्वयुद्ध पश्चात स्थिति आफ्नो कावुमा नरहने स्थिति देखेर बेलायतले संयुक्त राष्ट्रसंघलाई स्थिति समाधान गर्ने उपाय अवलम्वन गर्न बाध्य तुल्यायो । २९ नोवेम्बर १९४७मा संरासंघले प्यालेष्टाईनलाई यहुदी र अरब राष्ट्रमा विभाजन गर्न सिफारिस गर्ने प्रस्ताव पारित गरेअनुरुप प्यालेष्टाईनको ५६.४७ प्रतिशत भुभाग यहुदी राज्य स्थापना गर्न र वाँकी ४४.५३ प्रति प्यालेष्टिनी अरबलाई छुट्याईयो । तर प्यालेष्टिनीहरुले यसमा स्वीकृती जनाएनन् । एकतिहाई जनसंख्या रहेको यहुदीहरुको लागी प्यालेष्टिनी को ५६.४७ प्रतिशत भुभाग दिनु घोर अन्यायपूर्ण थियो । यहुदीहरु अधि कांश नयाँ आगन्तुक थिए भने अरबहरु सताब्दिऔ अगाडि देखी त्यहाँ वसोवास गर्दै आएका थिए । यो पश्चिमी राष्ट्रहरुको ग्राइन डिजाईन अन्तर्गतको यो योजनालाई अरब देश र अधिकांश अफ्रिकी र एसियाली देशहरुले यस्कोे विरोध गरे । संयुक्त राष्ट्र संघको सो विभाजन योजनाको इजिप्ट जोर्डन र इराकले हतियार उठाउने भन्दै विरोध गरे । १९४८ मा ईजरायललाई एक स्वतन्त्र राष्ट्रको घोषण गरियो र डेविड वेन गुरियन इजरायलका प्रथम प्रधानमन्त्री बने । तत्कालै इराक, सिरिया, लेवनान, जोर्डन र इजिप्ट पाँच अरव राष्ट्रहरुले इजरायल माथि आक्रमण गरे । १९४९ मा युद्ध विराम घोषण गरियो र सम्झौता समेत गरियो ।
सम्झौता अनुसार वेष्ट बैङ्क जोर्डनलाई गाजापट्टी इजिप्ट र पूर्व जेरुसेलमा जोर्डनको नियन्त्रणमा रह्यो । करिव सात लाख प्यालेष्टिनीहरु छिमेकी देश अरवमा शरणार्थी बन्न पुगे । त्यसपछि निरन्तर रुपमा प्यलोष्टिनी र इजरायलीहरुको वीचमा युद्धहरु हुदै आएकाछन् र दुबैतर्फ हताहती हुने क्रम पनि निरन्तर बढी रहेकोछ । इजरायलाई पश्चिमी राष्ट्रको अपार समर्थेन र सहयोग
रहेकोछ । यता प्यालेष्टिनीहरु भने निरन्तर रुपमा राज्यविहिन् बन्दै पछिल्लो चरणमा आएर टेक्ने जमिन पनि गुमाउन पुग्दैछन् । पछिल्लो चरणमा आएर हमासले इजरायलमाथि गरेको आक्रमण राज्यविहिन वन्नुपर्दा अन्तिम वाध्यात्मक विकल्प भनि अरवी राष्ट्रहरुले भनेकाछन् । प्यलेष्टाईन माथिको आक्रमणलाई इजरायल र उस्का पक्षधर पश्चिमी राष्ट्रहरुले आतंकबाद विरुद्धको प्रत्यक्रमण हो भनेका छन्
प्रतिक्रिया लेख्नुहोस्:-