हुम तमु,
२०७९ बैशाख २४, स्याङजा
स्थानिय चुनाप नजिकिए संगै राजनितिक दल तथा कार्यकर्ताहरु आफ्नो पार्टीको समर्थनको लागी विभिन्न कार्यक्रममा व्यस्त भएका छन् । त्यस्तै स्याङजाको विरुवा गाउँपालिकामा पनि व्यापक रुपमा टोलटोलमा कार्यक्रमहरु चलिरहेको छ । राजनितिक दलका नेताहरु आफ्नो पार्टिको समर्थनका लागी घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । स्याङजाको विरुवा गाउँपालिकामा यसपाली ५ राजनितिक दलहरुको प्रतिसपर्धा हुने भएको छ । प्रतिस्पर्धी दलमा अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष पदका उम्मेदवारका लागी निम्न रहेको छ । पालिका अध्यक्ष पदका उमेदवारमाः गठबन्धनबाट डोलराज पोख्रोल, निलम बहादुर खाँण राष्ट्रिय प्रजातन्त्र पार्टी, सुर्य बहादुर कुँवार नेकपा एमाले, हेमन्त थापा मगर जनता समाजबादी नेपालबाट रहेका छ ।
पालिका उपाध्यक्ष पदका उम्मेदवामा तेज कुमारी थापा राना मंगोल नेशनल अर्गनाईजेशन, थम बहादुर गुरुङ गठबन्धन, निर्मला गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी, भगवती शर्मा नेकपा एमाले, शाहान थापा जनता समाजबादी पार्टीबाट रहेको छ ।
त्यस्तै वडा अध्य पदका लागी वाडा नं १मा उम्मेदवारहरु ठाकुर प्रसाद वाग्ले नेकपा एमाले, २ तिल बहादुर खड्का राष्ट्रिय प्रजातन्त्र पार्टी, राजेन्द्र कुमार के.सी. गठबन्धनको छ ।
वडा नं २मा उम्मेदवारहरु ओम बहादुर गुरुङ मंगोल नेश्नल अर्गनाईजेसन, दर्पती राना राष्ट्रिय प्रजातन्त्र पार्टी, नोम बहादुर गुरुङ गठबन्धन, बुद्ध बहादुर आले नेकपा एमाले छ ।
त्यस्तै वडा नं ३मा उम्मेदवारहरु, निर बहादुर थापा जनता समाजबादी पार्टी नेपाल, मनु कुमारी राना गठबन्धन, युवराज थापा मंगोल नेश्नल अर्गनाईजेशन, सन्त बहादुर आले नेपाल कम्यनिष्ट पार्टी एमाले रहेको छ ।
वडा नं ४मा उम्मेदवारहरु थमन राज गुरुङ नेकपा एमाले, दिपक कुमार राना मंगोल नेश्नल अर्गनाईजेशन, नन्द बहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टी, मुक्त बहादुर गुरुङ गठबन्धनबाट रहेको छ ।
वडा नं ५, डन बहादुर थापा नेकपा एमाले, ज्योति माया थापा राष्ट्रिय प्रजातन्त्र पार्टी, हेमराज वाग्ले गठबन्धनको छ ।
वडा नं ६मा उम्मेदवारहरु कृष्ण प्रसाद लम्साल गठबन्धन कृष्ण बहादुर क्षेत्री नेकपा एमालेको रहेको छ ।
त्यस्तै वडा नं ७मा उम्मेदवारहरु रिम बहादुर गुरुङ नेकपा एमाले, मेखराज गुरुङ गठबन्धन, प्रकाश गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रहेको छ भने,
वडा नं ८माओम बहादुर थापा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र), तिल बहादुर गुरुङ गठबन्धन, नविन कुमार आले नेकपा एमालेको रहेको जानकारी विरुवा गाउँपालिका सुचना प्राविधिक शाखाका बलकृष पौडेलले जानकारी गराएको छ ।
स्थानिय बासीद्धारा सक्षम, दुरदर्सी शिक्षित वर्गा, नयाँ योजना बनाउन सक्ने खालको, सबैलाई सम्मान गर्ने, युवा पुष्ता तथामा अवको नयाँ नेतृत्व चयन गर्ने कर्तव्य तपाई हाम्रो जिम्मेवारी हो ।
प्रतिक्रिया लेख्नुहोस्:-