कार्तिक, ५ स्याङ्जा । स्याङ्जा आईसीसी प्रथम भलिबल कप प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिकाले जितेको छ । सोमबार वालिङमा भएको फाईनल खेलमा पुतलीबजार नगरपालिकालाई पराजित गर्दै बिरुरुवाले उपाधि जितेको हो ।
लगातार दुई सेट निकालेकाे पुतलीबजारलाई पछिल्लाे तीनसेटमा जीत निकाल्दै उपाधी चुमेकाे हाे । स्याङ्जा आईसिसि कपको उपाधिसंँगै बिरुवाले नगद १ लाख ५० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
उपविजेता बनेकाे पुतलीबजार नगरपालिकाले नगद १ लाख प्राप्त गरेकाे छ । यसैगरी तृतीय भएको भीरकोट नगरपालिकाले नगद ५० हजार र सान्त्वना कालिगण्डकी रु २५ हजारसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्
कार्यक्रममा पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले खेल तथा खेलाडिको विकासका लागि प्रदेश सरकारकाे साथ रहने बताउनुभयो । प्रदेश सरकारले खेल क्षेत्रको स्तरोन्नतिका लागि विभिन्न भौतिक संरचना निर्माणका साथै खेलाडिको दक्षता विकासकामा सम्बन्धी कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो ।
प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडी अमृत केसी (बिरुवा), उत्कृष्ट स्पाइकर सन्जु बिक्रम शाह (पुतलीबजार), उत्कृष्ट सेटर मिलन राना (बिरुवा), उत्कृष्ट ब्लकर संजोग परियार (बिरुवा), उत्कृष्ट क्वीकर कमल सुनार (बिरुवा), उत्कृष्ट सर्भर देवेन्द्र परियार (पुतलीबजार), बेस्ट डिफेन्डर जीत बहादुर नेपाली (भीरकोट) र उदियमान खेलाडी आशिष नेपाली (पुतलीबजार)लाई नगदसहित पुरस्कृत गरिएको खेल संयोजक प्रकाश श्रेष्ठले बताउनुभयो ।
‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने मूल नारासहित स्याङ्जाली खेलाडीहरुको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएकाे समाजका अध्यक्ष वीरेन्द्रजंग केसीले बताउनुभयो । प्रतियोगितामा जिल्लाका ११ पालिकाकोे सहभागिता रहेको थियो । साथै प्रतियोगिताको समापनका अवसरमा राष्ट्रिय कलाकारहरुकाे साङ्गितिक प्रस्तुतिले थप मनाेरञ्जन पर्दान गरेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस्:-