biruwakhabar.com
२०७८ फाल्गुन २७, स्याङजा
स्याङज विरुवा गाउँपालिकाको वडा नं २ बेसरडाँडामा ५औ अध्यक्ष कप २०७८ सुरु भएको छ । राष्ट्रको लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नारालाई आत्मासाथ गर्दै गाउँपालिका वडा स्तरिय पुरुष तथा महिला भलिबल खेलको समुद्घान भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष वडा नं २ बेसरडाँडामा भव्यताका साथ गण्डकी प्रदेश सभा सदस्य माननिय मिन प्रसाद गुरुङद्धारा पानसमा बत्ति बालेर समुद्घान गरेको थियो । त्यसैक्रममा प्रमुख अतिथिद्धारा अफिसियल रेफ्रिहरुलाई भलिबल हस्तान्त्रण गरको थियो ।
उद्घाटन कार्यक्रममा आठै वडाका महिला तथा पुरुष खेलाडीहरु राष्ट्रिय झण्डा र पालिकाको व्यानरसहित मार्चपासमा सहभागी भएका थिए ।
समुद्घाटन कार्यक्रममा विशेष अतिथि नेकपा एमाले स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे(पारस), विरुवा पालिका उपाध्यक्ष देवी कुमारी थापा, बिरुवा गा.पाका प्रमुख प्रशासकीय अधिकृत गोगन सिंह थापा, अतिथिहरु, वडा अध्यक्ष, वडा नं १ युवराज के.सी, वडा नं २ बुद्ध बहादुर आले, वडा नं ३ सन्त बहादुर आले, वडा नं. ४ थम्मन राज गुरुङ, वडा नं. ५ इन्द्र प्रसाद पौडेल, वडा नं ६ कृष्ण केसी, वडा नं ७ खड्क बहादुर गुरुङ, वडा नं. ८ श्रीप्रकास थापा, कार्यपालिका सदस्य विन्दु शर्मा, ने.क.पा. एमाले विरुवा पालिका अध्यक्ष प्रकाश थापा, नेपाली कंग्रेस विरुवा पालिका सभापती डी. आर पोख्रेल, माओवादी केन्द्र अध्यक्ष तिल बहादुर गुरुङ, जनप्रतिनिधी, वडा सदस्य वडा नं २ हेम बहादुर थापा, वडा नं. १ का सदस्य ठाकुर वाग्ले, प्रहरी चौकी प्रमुख कृष्ण बहादुर विष्ट, तथा सवै वडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अतिथिहरुद्धार कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफलताको कामना गरेका थिए । त्यसैक्रममा प्रमुख अतिथि माननिय मिनप्रसाद गुरुङद्धारा “हरेक ठाउँमा विकासको लहर भईरहेको छ । विकासको लागी आवश्यकताको पहिचान गरी लगानी बढाउनुपर्नेमा जोड दिनुभएकोे थियो र कही कतै हचुवाको भरमा बजेट विनियोजित हुदा आफ्नौ सहकर्मिहरुसंग असन्टुष्ट जनाएका थिए ।
अध्यक्ष कपको आज पहिलो दिन पुरुष भलिबल तर्फ एक र महिला तर्फ दुई खेल सम्पन्न भएको छ । पुरुष तर्फको खेलमा वडा नं ३ र ६ विचको खेलमा वडा नं ६ विजय भएको छ । त्यस्तै महिला तर्फ वडा नं ७ र ८ विचको खेलमा वडा नं ७ विजय भएको छ भने वडा नं १ र ३ विचको खेलमा वडा नं ३ विजय भएको छ । बाँकी खेल भोली हुने संयोजक गणेश गुरुङले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-