बैशाख १२, स्याङ्जा, विरुवा
स्याङजाको विरुवा गाउँपालिका–७, गहते मनकामनामा 3 Men A Side भलिबल प्रतियोगिता सम्पन भएको छ । चैतेदशैको अवसर पारी मनकामना मन्दिर व्यवस्थापन समितिको आयोजनामा प्रतियोगिता सञ्चालन भएको थियो । चैते दशैको पूर्णिमामा मनकामना मन्दिरमा भाकल र दर्शन गर्ने श्रदालु भक्तजनहरुको अतयाधिक भिड लाग्ने गर्दछ । सोही अवसरमा मन्दिर व्यवसथापन समितिले यसपटकबाट भने मेला सञ्चालन गरेको हो । २०७२ सालको भुकम्पले जिर्ण अवस्थाको मन्दिरलाई संरक्षण गर्दै पुन निर्माण कार्य भईरहेको छ । सोही निर्माण कार्यमा थप सहयोग र प्रचार प्रसारको लागी यस वर्षबाट चैतेदशैमा पनि मेला आयोजना गरिएको हो ।
प्रतियोगितामा उपाधी भने धरादीले हात पार्न सफल भएको छ । उपाधिसंगै धरादीले ३० हजार नगर सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै आयोजक भने द्धित्तिय स्थानमा चित्त बुझाउनुपरेको छ । आयोजकले २० हजार नगद सहित ट्रफी मेडल र प्रमाण प्राप्त गरेको छ त्यस्तै वालिङ नगरपालिका ४ खाल्टे तृतिय स्थान प्राप्त गर्न सफल भएको थियो । खाल्टेले नगद १० हजार ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।
त्यस्तै छेलो प्रतियोगितामा भने दुजुक थापा मगर प्रथम र काजी के.सी. द्धित्तीय हुन सफल भएको छ । प्रथम र द्धित्तिय हुने खेलाडीलाई नगद ५ हजार र ३ हजार वितरण गरिएको थियो ।
समापन समारोहमा प्रतियोगिताको विजेता खेलाडीहरुलाई प्रमुख अतिथि विरुवा गाउँपालिका प्रशासकीय अधिकृत भेषराज आचार्यले पुरस्कार प्रदान गर्नुभएको थियो । समापन समारोहको अध्यक्ष वेद कुमार गुरुङ रहनुभएको थियो भने विशिष्ट अतिथि वरिष्ठ समाजसेवी नर बहादुर गुरुङ, खिम बहादुर गुरुङ, अतिथिहरुमा गिर बहादुर थापा, लिल कुमराी गुरुङ, कमला नेपाली, सडा सचिव रन बहादुर गुरुङ लगायतको अतिथिहरुको उपस्थितिमा कार्यक्रम समापन गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-