२५ श्रावण, पोखरा
२९ औं विश्व मुलवासी दिवसरमा मंगोल नेशनल अर्गनाईजेसनको कार्यक्रम पश्चात झण्डा र व्यानर च्यातेको विषयमा प्रेस विज्ञाप्ती जारी गरेको छ । जिल्ला सभा कास्कीको आयोजनामा लखन थापा चोकमा आयोजित शान्तिपूर्ण र्याली सम्पन्न भएको थियो । उक्त र्यालीमा प्रथम सहित लखन थापाको शालिक रहेको रेलिङमा व्यानर पर्दर्शन गरी कोष सभा सम्पन्न गरि मुलवासी दिवसको व्यानर उक्त स्थानमा नै छोडिएको थियो । उक्त व्यानरमा संगठन संस्थापक प्रेसिडेन्टको फोटो, झण्डा र संगठनको नाराहरु प्रदर्शित थियो । कोण सभा सम्पनन पश्चात कार्यलय फर्किसकेपछी साँझ अज्ञात, अराजक तत्वहरुले हाम्रो झण्डा, नारा र फाउण्डर प्रसिडेन्टको फोटो सहितको व्यानरलाई अनावश्यक रुपमा च्यातेको र मन्त्र पढ्न आएको भन्दै आफुहरु राजावादी भन्दै अनौपचारिक गाली गलौजका शब्दहरु सुनाएको भन्दै विज्ञप्तीमा उल्ले गरेको छ ।
मंगोल नेशनल अर्गनाईजेसन लोकतन्त्र स्थापित गर्नको खातिर बबैचारिक क्रान्ती गरिरहेको एक राजनैतिक दल हो ःल्य को गतिविधिले कसैको विचार, आस्थामा ठेस पुग्यो भने औपचारिक बहस छलफल गर्न हामी सदैव तयार रहेका उल्लेख छ । बैचारिक रुपमा समानता, स्वतन्त्रता र भातृत्व हितको लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकारलाई व्यवहारिक रुपमा लागु गरि पूर्णरुपमा लोकसमुदायलाई असली लोकतन्त्र अनुभुत गराउन चाहान्छौ । गण्डकी प्रान्तीय सभा र जिल्ला सभा कास्कीको तर्फबाट यस्ता अभद्र व्यवहारका लागी घोर आपत्ति जनाउँछौ र यस्ता खालको अराजक गतिविधिको अनुसन्धा गरि लोकतान्त्रिक व्यवस्थामा यसरी अराजक गतिविधिहरु गर्ने छुट कसैलाई पनि छैन, यस्तो गतिविधिलाई नियन्त्रण गर्न समेत प्रशासनलाई अनुरोध विज्ञाप्तीमा गरिएको छ ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-