कास्की, २२ साउन । तामाङ र मगर समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारबाही गर्न माग राख्दै कास्की जिल्ला प्रशासन कार्यलयमा सोमबार २२ गते शान्तिपूर्ण धर्ना कार्यक्रम सम्पन्न भएको छ ।
साउन ९ गते उजुरी दिए पनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ संघीय समिति र नेपाल मगर संघ केन्द्रीय समितिको ब्यानरमा टेकु प्रहरी परिसर अगाडि धर्ना दिइएको थियो । सोही धर्नामा प्रहरी हस्तक्षेप हुँदा तीन दर्जनभन्दा बढी धर्ना बसिरहेका मानिस घाइते भएको थियो । विवादास्पद अभिव्यक्ति दिने पाण्डेलाई कारबाही गर्नुको सट्टा दोषीलाई केहि घन्टामै रिहाई गरि धर्नामा रहेका प्रदर्सनकारिहरुलई अमानवीय तवरले प्रहरी हस्तक्षप र कुटपिट गरेपछि झनै घटनाले उघ्र रुप लिएको छ ।
२२ गते देशको विभिन्न जिल्लाहरुमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।
त्यस्तै आज पोखराको शहिद चोकमा शान्तिपूर्ण धर्ना कार्यक्रम पश्चात जिल्ला प्रशासन कार्यलयका प्रमुख अधिकारी बासुदेव घिमिरेलाई भेटि ज्ञापन पत्र बुझाईएको छ । जिल्ला प्रमुख अधिकारिले भने “भगवती पाण्डेले तामाङ र मगर, मुस्लिम समुदायमा दाजुबहिनी बीच बिहेवारी हुन्छ भन्ने गलत अभिव्यक्ति दिनु गलत हो, यस विषयमा हामी कारबाहीको लागि सक्दो प्रयास गर्नेछौ ।” यो विषय आफ्नो जिल्ला भन्दा बाहिर रहेकोले गर्दा पनि केहि समय लाग्न सकिन्छ तर धर्ना र विज्ञप्ति सहर्ष स्विकार गर्दै केन्द्र र सदन सम्म पुर्याउने प्रतिवद्धता जाहेर गरियो ।
प्रतिक्रिया लेख्नुहोस्:-