फागुन ७, पोखरा ।
पोखरा महानगरपालिका–१५मा रहेको चार भाई युवा क्लबले आफ्नो चौथो साधारण सभा तथा पहिलो अधिवेसन सपन्न गरेको छ । अधिवेसनले सुरेश गुरुङको नेतृत्वमा ११ जना कार्यासमिति चयन गरिएको थियो । जसमा उपाध्यक्ष विष्णु गुरुङ, सचिव विकास गुरुङ सहसचिव अर्जुन गुरुङ, कोषाध्यक्ष सोम बहादुर गुरुङ, सहकोषाध्यक्ष प्रकाश गुरुङ, सदस्यहरुमा तुम बहादुर गुरुङ, सदा थापा, पुकार गुरुङ, हरि गुरुङ र तुल बहादुर गुरुङ रहनुभएको छ ।
त्यस्तै अधिवेसनले विभिन्न उपसमितिहरु गठन गरिएको छ । खेलकुद समितिमा संयोजक विष्णु गुरुङको नेतृत्वमा हिमाल गुरुङ र पुकार गुरुङ रहेको छ, भने आर्थिक उपसमितिमा संयोजक सोम बहादुर गुरुङको नेतृत्वमा जिवन गुरुङ र तुलबहादुर गुरुङ रहेका छन् ।
क्लको सल्लाहकारमा विष्णु प्रसाद गुरुङ, कृष्ण बहादुर गुरुङ, सेरसिंङ्ग थापा रहनुभएको छ भने कानुनी सल्लाहकारमा सोभाखर भण्डारी रहनुभएको छ । क्लबले स्थापनाकालदेखी नै विभिन्न सामाजिक एवं खेलकुद गतिविधिहरु गर्दै आइरहेको छ । भोलीका दिनमा थप सामाजिक काम तथा विभिन्न खेलकुद र युवाहरुको बौदिक क्षमता, सिप विकासका गतिविधिहरुमा जोड दिनेछ । कार्यक्रम निवर्तमान अध्यक्ष कृष्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको जानकारी नव निर्वाचित सचिव विकास गुरुङले बताउनुभएको थियो ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-