हुम बहादुर गुरुङ
चैत्र ४, स्याङ्जा
स्याङ्जाको विरुवा गाउँपालिकामा छैटौ अध्यक्ष कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पालिकाको वडा नंं. ७, बलेउमा रहेको सम्झना युवा क्लबको खेलमैदान उक्त प्रतियोगिता भएको थियो । प्रतियोगितामा ६ टिमको सहभागीता रहेको थियो । पालिकाको अध्यक्ष कप भने कालिगण्डकी गाउँपालिकाले उचाल्दै नगद १ लाख ५०हजार हात पार्न सफल भएको छ । आयोजक विरुवा गाउँपालिका भने द्धित्तिय स्थान १ लाखमा चित्त बुझाउनुप¥यो । त्यस्तै तृतिय स्थानमा वालिङ नगरपालिकाले ५०हजार प्राप्त गर्न सफल भएको छ ।
प्रतियोगितामा बेष्ट प्लेयर कालिगण्डकी हरि पाण्डे, बेष्ट स्पाईकर विरुवाका संजोक परियार, बेष्ट सेटर सुदिप राना कालिगण्डकी, बेष्ट डिफेण्डर अविजित नेपाली कालिगण्डकी, बेष्ट व्लकर देव राना कालिगण्डकी, बेष्ट सर्भर प्रितम गुरुङ वालिङका खेलाडी घोसित भएको थियो । उक्त खेलाडीहरुलाई रु ३ हजार, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो ।
समापन समारोहमा वडा नं ७का विभिन्न टोलका समुदायहरुले आफ्नो संस्कृति झलकिने नृत्यहरु प्रस्तुत गरी उपस्थित अतिथिहरु तथा खेलाडी, खेलप्रेमी दर्शकमहानुभावहरुलाई मनोरञ्जन दिलाएको थियो ।
प्रतियोगितामा औपचारीक कार्यक्रम गरी पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम सभापती स्थानिय खेलकुद विकास समिति अध्यक्ष गणेश गुरुङको अध्यक्षतामा, प्रमुख अतिथि पालिका अध्यक्ष सुर्य बहादुर कँवर, विशेष अतिथि पालिका उपाध्यक्ष भगवती शर्मा, चन्द्रकान्त भण्डारी प्रमुख प्रशासकीय अधिकृत, नविन गुरुङ अध्यक्ष गण्डकी भलिबल संघ तथा अतिथिहरुमा गण्डकी प्रदेश भलिबल प्रशिक्षक रमेश के.सी., ८ओटै वडाका अध्यक्ष तथा अन्य अतिथिहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-