चैत्र २८, पोखरा,
तमु सामुदायले मंगलबार ट्होटें पर्व मनाएका छन् । ‘राष्ट्रिय संस्कृति संरक्षण गरौं, ट्होटें पर्व भव्यताका साथ मनाऔं’ भन्ने मुल नाराका साथ eJo ?kdf dgfPsf] xf] . साउन र चैत महिनाको अन्तिम मंगलबार, वर्षमा दुई पटक मनाइने ट्होटे पर्वको अवसरमा तमु धींले ट्होटें पर्व विशेष समारोहका बीच मनाएको हो । पोखरा नयाँबजार स्थित तमु धीं नेपालमा भएको कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो । उक्त अवसरमा बोल्नुहुँदै प्रमुख आचार्यले विभिन्न सामुदायहरुको संस्कार संकृति जोगाउनका लागि सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मुलुकका सवै सामुदायको संस्कार संस्कृति जोगाउने दायीत्व राज्यको भएकाले पनि राज्यले साथ, सहयोग र सहकार्यमा गर्दै जाने प्रमुख आचार्यले बताउनुभयो । नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखेले भाषा, संस्कार, संस्कृति जोगाउनुका साथै शिक्षालाई पनि जोड दिनुपर्ने बताउनुभयो । शिक्षामा जोड दिन सके, सरकारका विभिन्न क्षेत्रमा पुग्न सकिने र विदेश पलायन हुन रोकिने विश्वास उहाँले लिनुभयो । कार्यक्रमले कुसंस्कार , गरिबी र अशिक्षा भगाउने विश्वास समेत पालिखेले लिनुभयो । कार्यक्रममा तमु धीं नेपालका पुर्व अध्यक्ष कर्म तमु, मंगोल नेशनका प्रतिनीधि टेक बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अवसरमा रंगशाला गेटदेखि निकायलिएको उत्कृष्टि झाँकीहरु पुरस्कृत भएको थियो । जसमा प्रथम हुुन सफल भएका चिउली पाचे तमु समाज नगद ३० हजार रुपैयाँ , द्धितिय स्थान हासिल गर्न सफल भएका डडुवा दुुर्छा लम्जुङ समाज नगद रु. २० हजार रुपैयाँ र तृतिय प्राप्त गरेका फुलबारी तमुु समाज नगद रु. १५ हजार रुपैयाँ सहित प्रमाण पत्र र ट्रफिबाट पुरस्कृत भएका छन् । विशेष पुरस्कार रु १० हजार रुपैया सहित प्रमाण पत्र श्री ब्रेज मेस्रो घान्द्रुक तमुसमाजले हात पारेका छन् ।
त्यसैगरी सान्त्वना हुने समाजहरु बगर तमु समाज, शान्ति रुपा बराहथोक तमुसमाज, ताङतिङ दूध पोखरी तमु समाज र किलिजुली विजयपुर तमु समाज सान्त्वना स्थान प्राप्त गरी नगद रु. ५÷५ हजार र प्रमाण पत्रले पुरस्कृत भएका छन् । मुल्यांकन समितिको संयोजकमा तमु धीं नेपालका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ रहनुु भएको थियो भने, सदस्यहरुमा जिफान कास्कीका अध्यक्ष गुञ्ज गुरुङ, तमु धीं नेपाल आमा समितिका सह–सचिव बाल कुमारी तमु, तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष श्रीजंग गुरुङ, गण्डकी प्राज्ञ प्रतिस्ठानका सदस्य गम बहादुर तमुु रहनुभएको थियो । उक्त अवसरमा विभिन्न सामुदायको संघसंस्थामा नव निवार्चित पदाधिकारी तथा सदस्यहरु घलेक, फेटा र भांग्राबाट सम्मानित हुनुुभएको छ । सम्मानित हुनुहुनेमा आदिवासी जनजाति महासंघ केन्द्रीय सचिव हुम बहादुर तमु, तमुु (गुरुङ) सञ्चारकर्मी संघ नेपालको केन्द्रीय उपाध्यक्ष तथा गोर्खाली रेडियोका स्टेशन म्यानेजर खिमा तमु, सदस्य द्धय, सुवेदार इन्द्र बहादुर तमु र किरण तमुु रहनुभएको छ । त्यसैगरी, नेपाल मगरसंघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापामगर, नेपाल घेदुङ कास्कीका अध्यक्ष भक्त बहादुर तामाङ सम्मानित हुनुभएको छ । तमु धीं नेपालका अध्यक्ष हुम बहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य साँस्कृतिक संयोजक कृष्ण कुमार गुरुङले राख्नुभएको थियो भने, महासचिव जुनाकुमारी तमुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-