मंसिर २७, पोखरा
तमु युवा ह्युल छोंज धीं को दोस्रो महादिवेशन इलाममा भव्यताका साथ सम्पन्न भयो । उक्त महाधिवेशनमा पारित भएका घोषण पत्र तमुवानको राजधानी पोखरामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । इलाम घोषण पत्र–२०८० निम्ननुसार रहेको छ ।
१. परापुर्व काल देखि मुलरुपमा पश्चिम कालीगण्डकी र पूर्व बुढी गण्डकी विचको भुगोल र त्यस वरपरका भुगोलमा आदिमम थलो बनाएर बसेका तमु (गुरुङ) जाति र त्यसका युवाहरको त्यही भुमिमा तमु भाषा, संस्कृती, साहित्य, तमु ज्ञान सीप, आस्था र परम्पराहरुको उत्पती भैई भिन्न विशिष्ट सांस्कृतिक विरासत कायम रहेकोमा त्यसलाई चीरकाल सम्म निरन्तरता दिनुपर्छ भन्ने कुारमा सामुहीक प्रतिबद्धता जनाउदै
२. पहिचानको आभारमा स्वयत्त प्रदेशहरु गठन नगर्दा सम्म निरन्तर संघर्ष गरिरहने उद्घोष,
३. पहिचान सहितको तमुवान स्वयत्त प्रदेश गठन नगर्दा सम्म निरन्तर संघर्ष गरिरहने ढृढता ब्यक्त,
४. तमु जातिहरुको भासामा प्रचलित सवै गाउँ, स्थान, नदी–खोला, ताल–तलैयाहरु जो अहिले खसकरण हुदै लोप गरिएका नामहरु हरेक प्रशासनिक इकाईहरुमा पुनः तमु भासामा नै नामाकरण गरि तुरुन्त लागु नगर्दा सम्म दबाब मुलक संघर्सको कार्यक्रमहरु सन्चालन गर्ने संकल्प गर्दै,
५. एकात्मक तथा केन्द्रीकृत राज्य सत्ता द्धारा तमु समुदाय माथी जाति, भासा, धर्म र साँस्कृतिक भिन्नता भएकै कारणले गरिएको ऐतिहाँसिक जातीय भेदभाव, अन्याय र हाल संघीय गणतन्त्रिक युग सम्म कायम असमानता तथा बहिष्कारणलाई गम्भीरता पूर्वक मनन गर्दै,
६. उत्पीडित तथा बहिष्कृत अवस्थामा रहेका तमु (गुरुङ) समुदायलाई संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक धर्म निरपेक्ष नेपालमा तमुवान स्वयत्त प्रदेशको स्थापना गरि साझा शासनको अवधारण अनुरुप साँझा हितहरुको प्रवद्र्धन र साँझा भविस्य निर्माण गर्न सकिन्छ भन्ने कुरमा विस्वास गर्दै,
७. २००७, २०२६, २०५२, २०६२÷६३, को राजनीतिक क्रान्ति, जनयुद्ध र जनआन्दोलन हुदै सवै खाले राजनीतिक संघर्षहरुमा तमु युवा र तमु समुदाय निस्वार्थ रुपमा सहभागिता जनार्ई रगत बगाएको ईतिहाँसको रक्तिम पानाहरु पल्टाउदै,
८. हाम्रा मातृ संस्था तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदको विभिन्न महाधिवेशनमा पारित विधान, प्रस्तुत राजनीतिक, तथा संगठनिक प्रतिवेदन तथा अग्रजहरुको सल्लाह÷सुझाव लाई समेत आत्मसाथ गर्दै
९. हरेक स्थानीय तहहरुमा त्यस स्थानमा बसोबास गर्ने बहुसंख्यक जातीय जनसंख्याको आधारमा तमु मातृ भाषा पाठ्यक्रम र सरकारी कामकाजको भाषामा तमु भाषा लागु नगर्दा सम्म अनिवार्य लागु गर्ने दबाब मुलक संघर्षको कार्यक्रमहरु सञ्चालन गर्ने अठोट गर्दै अगाडी बढ्दे रहेको छ ।
१०. नेपाल र संसार भरि छरिएर रहेको तमु युवाहरुलाई गोलबद्द बनाउदै लोपोन्मुख भाषा, धर्म, संस्कार, संस्कृति र परम्पराको पालाना, संरक्षण र सम्बद्र्धन गर्ने संकल्प गर्दै,
११. सम्पूर्ण उत्पीडित आदिवासी युवाहरुलाई एकता र भतृत्व पूर्ण शहिस्णुताको सुत्रमा गोलबन्ध पार्ने अठोट गर्दै
१२. देशको रक्षार्थ अंग्रेज फौजलाई परास्त गरि वृटिस सम्राज्यबादको उपनिवेस हुनबाट जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने शिकारी सरदार बंशु गुरुङलाई राष्ट्रिय बिभुति घोषण गर्न राज्यलाई दबाब दिने लगायत बिर पुर्खाहरको इतिहाँसको पुनरलेखन गर्दै,
१३. निकट भबिस्यमा तमुहरुको सबै संस्थाहरुको अनिवार्य एकताको साझा सपना साकार पार्ने विस्वास संकल्प र अठोट,
१४. उत्पीडित, जाती, वर्ग, लिंग, समुदायहरुले आफ्नो खोस्सिएको सवै खाले हक र अधिकार प्राप्तिका लागी आज सम्म गर्दै आएको बलिदानी पुर्ण संघर्षको क्रममा साहदत हुनुभएका सम्पूर्ण शहिदहरु प्रती उच्च सम्मान ब्यक्त गर्दै,
१५. इतिहाँसमा तमु समुदाय माथी भएको यस प्रकारको विभेद, शोषण, असमानता, र ऐतिहासिक अन्यायबाट उन्मुक्तिका लागी संसारभरका तमु युवा र तमुहरुलाई संगठिन गरि अघि बढ्न स्थापित साझा राष्ट्रिय युवा संस्था तमु युवा ह्युल छोज धीं “तयुहयु” लाई समयनुकल चलयामान, र गतिशिल बनाउनका लागी यसको संगठनिक संरचना, लक्ष्य र उद्देश्य अझ बलियो, बनाउने अठोट गर्दै अगाडी बढ्ने घोषण पत्रा अध्यक्ष तोणन गुरुङले पढेर सार्वजनिक गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-