माघ ८, पोखरा,
पोखरामा चौथो चार भाई ब्याडमिन्टन कप २०८० सुरु भएको छ । महानगरपालिका १५का अध्यक्ष तोरण बानियाको प्रमुख आतिथ्यतामा दियो बालि प्रतियोगिताको सुमुद्घाटन गर्नुभई रेफिलाई ब्याडमिन्टन सेट हस्तान्तरण गरि खेल सुरु गरिएको थियो । क्लबको आयोजनमा गण्डकी प्रदेश स्तरिय खुल्ला बि र सि लेबल मेन्स डबल प्रतियोगितामा ५२ खेल सम्पन्न भएको छ । जसमा सि लेवलको पहिलो चरण ३६ खेल र दोस्रो चरणको १६ खेल खेलाईएको थियो ।
बाँकी खेलहरु भोली हुनेछ । सि लेवल र बि लेवलको गरी जम्मा ६३ खेल खेलाईने रेफ्रि संयोजक ज्ञानेन्द्र भण्डारीले बताउनुभयो ।
प्रतियोगिताको खुल्ला बि लेबल मेन्स डबलमा विजेताहरु प्रथम, द्धित्तिय, तृतीयले क्रमस नगद रु ४० हजार, २५ हजार, १५हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । त्यस्तै सि लेबलको विजेता प्रथम, द्धित्तिय र तृतियले क्रमस नगद रु ३० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्ने खेल संयोजक विष्णु गुरुङले जानकारी गराउनुभएको छ भने प्रतियोगिता पोखरा–१५, नयाँगाउँमा रहेको ताङ्लेकोट तमु समाज ब्याडमिन्टन हलमा सञ्चालन भईरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-