फागुन २७, स्याङ्जा, विरुवा
हुम बहादुर गुरुङ
स्याङ्जा, विरुवा गाउँपालिकाको सातौ अध्यक्ष कप २०८० आज समुद्घाटन भएकाे छ । पालिका अध्यक्ष सुर्य कुवरकाे प्रमुख आतिथ्यतामा पानसमा दियाे बाली अाैपचारिक कार्यक्रमकाे उद्घाटन गरिएकाे हाे ।
उक्त कार्यक्रममा उपस्थित अतिथिहरु द्वारा खेलाडीहरुसंग परिचयय गरी राष्ट्रिय रेफ्री लिल गुरुङलाई प्रमुख अतिथिद्वारा बल हस्तान्तरण गरि प्रतियाेगिता सुरु गरिएकाे थियाे ।
प्रतियोगितामा पुरुष भलिबल तर्फका पहिलाे खेल वडा नं २ बिरुद्ध १ बिच भएकाे थियाे । उक्त खेलमा २५-२१ र २५-२२ ले पछि पार्दै वडा नं २ दाेस्राे चरणमा प्रवेश गरेकाे छ ।
त्यस्तै वडा नं ४ र ५ बिचकाे खेल भने समय अभवले भाेलि पुन सञ्चालन हुनेछ । यता महिला तर्फ भने २५- १७, १८-२५ र ७-१५ ले वडा नं ४ लाई पछि पर्दै वडा नं ७ अघिल्लो चरणमा प्रवे गर्न सफल भएकाे छ । कार्यक्रम भने निर्धारित समय भन्दा निकै ढिलाे गरि सुरु गरिएकाे थियाे । बाकी खेलहरु भाेली समयमै हुनेछ र सम्पुर्ण खेलाडीहरुलाई समयमै उपस्थितिकाे लागि अनुराेध गरिएकाे छ ।
समुद्घाटन कार्यक्रममा बिशेष अतिथि पालिका उपाध्यक्ष भगवती शर्मा र सम्पुर्ण वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरु विभिन्न कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।
गत सालको प्रतियोगिताहरुमा महिला र पुरुष भलिबल मात्र हुदैै आयकोमा यस पटक भने ३ खेल समावेस गरिएको छ । जसमा महिला र पुरुषकको भलिबल, व्याडमिन्टन र सटफुट प्रतियोगिताहरु रहेको छन् । प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम, द्धितीय र तृतिय क्रमश ७५ हजार, ५० हजार र २५ हजार र शिल्डहरु प्राप्त गर्नेछन् भने महिला तर्फ प्रथम, द्धित्तिय र तृतियले क्रमश ५० हजार, ३०हजार र २० हजार र शिल्हहरु प्राप्त गर्नेछन् ।
व्याडमिन्टमा पुरुष तर्फ प्रथम, द्धित्तिय, तृतीयले क्रमश ८ हजार, ५ हजार र ३ हजार र शिल्हरु प्राप्त गर्नेछ भने महिला तर्फ प्रथम, द्धित्तिय र तृतीय हुनेले क्रमश ६ हजार, ४ हजार र २ हजार शिल्डहरु प्राप्त गर्नेछन् ।
पुरुष सटफुटमा भने प्रथम द्धित्तिय र तृतीय हुनेले क्रमश ५ हजार, ३ हजार र २ हजार प्रप्त गर्नेछन् । भोलि देखी सञ्चालन हुने ७औं अध्यक्ष कपको सम्पूर्ण तयारी पुरा भएको जानकारी कार्यक्रम सभाध्यक्ष तथा स्थानीय खेलकुद विकास समिति विरुवा गाउँपालिका अध्यक्ष गणेश गुरुङले जानकारी गराउनुभएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-