कात्र्तिक २२, पोखरा
भूकम्प पीडितका लागि राहत लिएर आएको चिनियाँ सेनाको जहाज पोखरामा अवतरण भएको छ । भूकम्प पीडितका लागि सामग्री ल्याएको चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । चिनियाँ सेनाको जहाजसँगै कार्गाे विमान पनि विमानस्थलमा अवतरण भएको छ । सो जहाजले १ लाख ७९ हजार किलो राहत सामग्री ल्याएको छ । चिनियाँ जनमुक्ति सेनाको वाई–२० जहाज (पिएलए एएफ) बिहान छेन्दुबाट पोखरा आएको उडान भरेको थियो । राहत सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट रुकुम पश्चिम र नेपालगन्ज पु¥याउने बताइएको छ । उक्त राहातका समाग्री गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत छेन सोङ्गले बुझेका थिए । चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ । यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-