विरुवा खबर डट कम
असोज १९ अर्थात अक्टोबर ६ तारिखका दिन विश्व मस्तिष्क पक्षघात दिवशको अवसरमा मस्तिष्क पक्षघात संरक्षक समूह कास्की र साथी संसार नेपाल कास्कीको संयुक्त आयोजनामा विविध सचेतना मुलक कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
बिभिन्न सरोकारवाला, आमा समूह, मस्तिष्क पक्षघात भएका ब्यक्ति, अभिभावक तथा पत्रकारहरु सहभागी भएको कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखा, बरिष्ठ अधिकृत गीता न्यौपानेले रिवन काटेर गर्नुभएको थियो । सो अवशरमा बोल्दै, न्यौपानेले सर्वप्रथम मस्तिष्क पक्षघात भनेको कुनै रोग होइन, एउटा अवस्था हो र यसको उपचार वर्तमान समयमा छैन भनेर सबैजनाले बुझ्न जरुरी रहेको बताउनु भयो । त्यसैगरी साथी संसार नेपालका कार्यक्रम व्यवस्थापक नारणय अधिकारीले मस्तिष्क पक्षघातको बारेमा प्रकास पदर्दै “मस्तिष्क पक्षघात भनेको हाम्रो मस्तिष्कमा चोट वा असर पुग्दा हुने बताउनुभयो । मस्तिष्कको यस्तो चोट न त घट्छ न त बढ्छ र जीवन भर जस्ताको तस्तै रुपमा रही रहन्छ। मस्तिष्कको चोट वा असर को कारण हाम्रो शरिरको चालहरूमा, बोलीमा र भावहरूमा असर पुगेको पाइन्छ । जसले गर्दा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ। मस्तिष्क पक्षघात शरीरमा देखिने असर को आधारमा पुरै मांसपेशी अररो हुने, अनियन्त्रित चाल हुने, असन्तुलित हुने, लुलोपन हुने साथै मिश्रित समस्या हुने जस्ता प्रकार हुन्छन् । याद राख्नुहोस् यो समस्या वंशाणु होईन यो त कुनै दुर्घटना या लापरबाही बाट हुने अवस्था हो। मस्तिष्क पक्षघात आमाको गर्भमा रहेको बेलामा, जन्मिने क्रममा या जन्म पछि बच्चा दुर्घटनामा परेर बच्चाको टाउकोको मस्तिष्कमा ठक्कर लाग्यो भने कि त बच्चा बेलामा गम्भीर बीमारी भएर मस्तिष्कमा असर पर्यो भने मस्तिष्क पक्षघात हुन्छ । यो गर्भाअवस्था देखि लगभग ५÷७ वर्ष सम्मको उमेरमा हुनसक्ने सम्भावना रहेने” अधिकारीले बताउनुभयो ।
धेरै चुनौती रहेको, शिक्षामा पहुंच नभएको, बौद्धीक अवस्था राम्रो भयपनि सरकारीमा नै भर्ना नलिने, दैनिक जीबनका कार्यमा सहयोग नभई नहुने
बृद्धि बिकास गर्ने निकाय नभएको अवस्था छ ।
साथी संसार नेपाल २०६२ सालदेखी यस कास्की जिल्लामा सक्रिय, बिशेष शिक्षा एबं पुनर्नस्थापना केंद्र, घरभेटमा आधारित शिक्षा एबं पुर्नस्थापना सेवा र समाहित शिक्षा सहयोग सेवा मार्फत मस्तिष्क पक्षघात भएका ब्यक्ति तथा बालबालिका लाई सेवा प्रदान गरीरहेको छ । मस्तिष्क पक्षघात संरक्षक समुह मस्तिष्क पक्षघात भएका ब्यक्तिहरुको अभिभावकहरु द्वारा स्थापित संस्था, उनिहरुका हक़ अधिकार तथा संरक्षणका लागी २०७४ सालमा कास्की जिल्लामा स्थापना संस्था हो ।
मस्तिष्क पक्षघात संरक्षक समुह कास्कीका अध्यक्ष सांत्वना कुंवरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा साथी संसार नेपालका कार्यक्रम ब्यवस्थापक नारायण अधिकारी, सृजनशील अपागङ समाज कास्कीका फनिंन्द्र पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संचालन रमेश सुबेदीले गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-