पोखरा, २४ भदौ
लोकतान्त्रिक तमु संघ नेपालको संगठन निर्माण अभियान अन्र्तगत पोखरा महानगरपालिका वडा नं.१३ मा विष्णु गुरुङको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन भएको छ। पोखरा १३ चिसापानीमा आयोजित संघको प्रथम वडा अधिवेशनले उपाध्यक्षमा कृष्ण घले, सचिवमा अमर गुरुङ, उपसचिवमा तोपबहादुर गुरुङ, कोषाध्यक्षमा रेखा गुरुङ निर्वाचित हुनुभएको छ। यसरी नै सदस्यहरुमा रामसुवा गुरुङ, देवबहादुर गुरुङ, गमबहादुर गुरुङ, देउबहादुर गुरुङ, पुष्पा गुरुङ, कुसमाया गुरुङ, केशरी गुरुङ, टौसुवा गुरुङ, दुर्गा गुरुङ चयन हुनुभएको छ। नवनिर्वाचित कमिटिलाई लोकतान्त्रिक तमु संघ नेपालका महासचिव हुमबहादुर गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष गंगा गुरुङले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो। अधिवेशनबाट कमिटि निर्वाचितका लागि संघका महासचिव हुमबहादुर गुरुङको संयोजकत्वमा नेकपा एमाले वडा नं.१३ कमिटिका अध्यक्ष निलकण्ठ सिग्देल र नेतृ कृष्णकुमारी गुरुङ रहेको निर्वाचन समिति गठन गरिएको थियो। यस अघि प्रमुख अतिथि लोकतान्त्रिक तमु संघ नेपालका अध्यक्ष एवम पुर्वमन्त्री, माननीय बेदबहादुर गुरुङले अधिवेशनको उद्घाटन गर्नुहुदै लोकतान्त्रिक तमु संघ नेपालले सम्पुर्ण तमुहरुलाई एकतावद्ध गर्दै राजनीतिक सुझबुझका साथ नेतृत्वका लागि अभियानमा लागेको बताउनुभयो। यसरी नै संघका महासचिव हुमबहादुर गुरुङले संघको स्थापना, उद्धेश्य र गतिविधीका बारेमा जानकारी गराउनुहुदै अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। लोकतान्त्रिक तमु संघ नेपाल, पोखरा महागरपालिका कमिटि अध्यक्ष खिमा गुरुङ अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वागत नेकपा एमाले पोखरा १३ वडा कमिटि अध्यक्ष निलकण्ठ सिग्देलले स्वागत र सञ्चालन कासी गुरुङले गर्नुभएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-