जेठ ३०, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका ७ साँखरमा रुखबाट लडेर बुधबार बिहान एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चापाकोट नगरपालिका ७ साँखर बस्ने रेशम ढकालको श्रीमती ३५ वर्षीय सृजना ढकाल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
ढकाल आफ्नै बारीमा रहेको पिपलको रुखमा चढी घाँस काट्ने क्रममा लडेर बुधबार बिहान घाईते हुनुभएको थियो ।
उहाँको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा बिहान डाक्टरले मृत घोषणा गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-