चैत्र ५, स्याङ्जा,
स्याङजाको बिरुवा गाउँपालिका वडा नं २, तुलसीचौरमा निःशुल्क स्वास्थ्य सम्पन्न भएको छ । शारिरीक सुगठन तथा अन्तराष्ट्रि पावलरलिफ्टिङ खेलाडी तथा नेपाल पावरलिफ्ङि संघ कास्की, मानव अधिकार तथा शान्ति सरोकार समाजको आयोजनामा कार्यक्रम गत शनिबार सम्पन्न भएको हो ।
स्थानिय स्तरमा अस्पताल सहज परिस्थिती नभएकाहरुको लागी सहज गराउने र स्वास्थ्य प्रति सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । निःशुलक स्वास्थ्य शिविरमा करिव ९० जना स्थानियहरुले स्वास्थ्य परिक्षण गराएको थियो ।
यस्तो खालको विभिन्न स्वास्थ्य परिक्षण कार्यक्रमहरु स्थानिय स्तरमा भईरहेको खण्डमा स्वास्थ्य उपचारको पहुचमा आउन नसक्नेहरु, आर्थिक अवस्था कम्जोर भएकाहरुलाई सहयोग पुग्नेछ । यस्तो खालको कार्यक्रमहरु सरकारको प्राथमिकतामा रहनु जरुरी छ ।
उक्त कार्यक्रम सम्पन्न गर्नको लागी रोट्रयक पोखरा गण्डकी मेडिकल कलेज, रोट्रयाक इन्टरनेश्नल तथा मेडिप्लस अस्पताल, हेम्जा दिपु फार्मेसी, मान्यता फार्मेसी, आर.एस.सी. संस्थाको सहयोगमा कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको जानकारी शारिरीक सुगठन तथा अन्तराष्ट्रि पावलरलिफ्टिङ खेलाडी तथा नेपाल पावरलिफ्ङि संघ कास्कीका अध्यक्ष हसन गुरुङले जानकारी दिएको थियो ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-